पोखरा महानगर भित्रकै अन्धकार त्यो पैँयु गाउँ, ‘जहाँ गाँउमा आएको भनिएको सिंहदरवारको जग हँसाएको छ ’
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान ज्ञवाली। सविन जिसी
पोखरा । पछिल्लो पटक एउटा नारा सारै चर्चित बन्यो शिँहदरवारको अधिकार गाउँमा ,तर यो कुराको अनुभव कस्ले गरे खै थाहा छैन ।आउन त आयो मात्र कर बोकेर सिह भने गाउँ गाउँमा आएको छ ।
स्थानिय निकाएको निर्वाचन पछि वडाहरुमा विकास भएको छ र टालटुले विकासले गति लिएको देखिएको छ तर विकासको अनुभुति भने गाउँघरले अझै गर्न पाएका छैनन ।
पछि महानगर बनिसकेपछि पनि यो गाउँको पीडा जस्ताको तस्तै छ ।हामी अहिले पनि पैँयु क्षेत्रमा बिधुतिकरणका लागि वडा लगाएतका क्षेत्रमा धाइ रहेका छौँ तर कसैले सुनुवाइ गर्दैन स्थानिय रिऋीनाथ कुवँरले बताए ।
पैँयु क्षेत्र जैविक विविधताका अतिरिक्त अनेक जडिबुटि हुने क्षेत्र हो ,र अत्यन्तै रमणिय क्षेत्र हो पैँयु ।यो त्यहि क्षेत्रहो जहाँ जनयुद्धका जन सेनाको आश्रय स्थल र कम्युनिस्टहरुको सेल्टर पनि हो। तर, कसले सम्झिने ईतिहास लाई ।
भुर्जुँगखोला देखि माथि जँगल क्षेत्रको यो वस्तिमा वस्ने वासिन्दा हरुको यो अवस्था सायद राजनैतिक नेताहरुलाइ जिस्काएको अवस्थाको रुपमा देखिएको छ ।अरुलाइ देखाउन विकासले टालटुल पार्नेहरुले किन पैँयुको विकासमा ध्यान दिदैनन स्थानिय वासिन्दाको प्रश्न छ ।
Related