कृष्ण अन्जान ज्ञवाली पोखरा।२०७२ को महाभूकम्पले भत्किएर ध्वस्त भएको पोखराको लामाचौरका सामुदायिक भवनहरुको निर्माण आर्थिक अभावमा अलपत्र परेका छन्।
पोखरा महानगरपालिका १९ लामाचौर शहर डहरको जागृति आमा समुह , ठूली पोखरी शहरडहर टोल बिकास संस्था र शहर डहर टोल बिकास सँस्थाको भवन पु्र्न्निर्माण थालिएको भएपनि आर्थिक अभावका कारण निर्माण कार्य अबरुद्ध भएको छ ।
शहरडहरमा निर्माण थालिएको उक्त भवनको तल्लो तलामा एउटा सभाहल र माथिल्लो तलामा एउटा मिनी हल सहित चारवटा कोठा निर्माण हुने गरि निर्माणको काम अगाडि बढेको भएपनि आर्थिक अभावले काम रोकिएको भवन निर्माण समितिका अध्यक्ष सविन जिसीले बताए ।
भवनको पुनर्निर्माणका लागि पोखरा महानगरपालिका वडा न १९ ले १ लाख दिएको र स्थानियले चन्दा सँकलन गरेको कविर ११ लाखको सो भवन निर्माणमा खर्च भइसकेको छ।
करिव एक करोडका रुपैयाँ लाग्ने अनुमान गरिएको सामुदायिक भवन निर्माणको लागि स्थानीयले विभिन्न ठाउँहरुमा हारगुहार गर्दै आएका छन तर, आफुहरुले गरेको सहयोगको याचनालाई कुनै पनि निकायले नसुनेको स्थानीयको गुनासो छ।
‘हामीले सघिय साँसद ,मन्त्री ,प्रदेश साँसद ,महानगर ,वडा कार्यालय मा पटक पटक सहयोगका लागि याचना गर्याै ,पोखरा महानगर पालिका वडा नँ १९ को कार्यालयमा निबेदन हालेलेको छ महिना भयो तर, बजेटको ब्यवस्थापन हुन सकेन, वडाका जन प्रतिनिधिहरुले नि आवस्यक चासो देखाएन्’ अध्यक्ष जिसीले भने। ‘निर्वाचनका बेला भोट माग्ने तर जहँबाट अत्यधिक मतले जिते त्यही क्षेत्रको बिकासलाई किन उपेक्षा गरिएको हो’ मैले बुझ्न सकेको छैन।
नेकपा वडा न १९ को पार्टी संयन्त्रका सदस्य समेत रहेका युवा नेता जिसीले लामाचौरको केन्द्रमा रहेको शहर डहरमा निर्माण हुन लागेको यो बहुउद्देश्यीय भवनको निर्माणले यस क्षेत्रका सयौँ जनताका लागि सभा सम्मेलन विवाह पुजापाठ टोलसुधार समितिका बैठक लागयतका कार्यक्रम सन्चालन गर्न सहज हुने बताउँछन्।
यो भवन २०५७ सालमा स्थानिय टोल वासिले आफ्नै लगानीमा निर्माण गरी विभिन्न समारोहहरुमा प्रयोग गर्दै आएका थिए तर, भुकम्पले भवन ध्वस्त भएपछि स्थानीयले विभिन्न समस्या झल्दै आएका छन।
भूकम्पले भवन ध्वस्त भएपछि भवनको पुनर्निर्माण गर्ने भन्दै गत वैशाखदेखि भवन बनाउन थालिएको हो तर निर्माण थालिएको नौ महिनामा स्थानियबाट उठेको रकमबाट पिल्लर मात्र ठड्याइएको छ। अन्य संरचना बनाउन रकम अभाव भएपछि निर्माणको काम अलपत्र परेको छ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा। २०७२ को महाभूकम्पले भत्किएर ध्वस्त भएको पोखराको लामाचौरका सामुदायिक भवनहरुको निर्माण आर्थिक अभावमा अलपत्र परेका छन्।

Related