• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शुक्लागण्डकी महोत्सवमा “हेलिकप्टर“ चढ्नेको आकर्षण बढ्दै

  •      /१५ पुष २०७५, आईतवार १०:०८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा / तनहुँको दुलेगौँडामा जारी प्रथम शुक्लागण्डकी महोत्सवमा शनिबार करिब १० हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले बताएको छ । पछिल्लो दिनहरुमा क्रमिक रुपमा बढ्दै गएको दर्शकको सहभागीताले व्यापार पनि बढेको महोत्सवका प्रवक्ता हरि खड्काले बताए ।

    प्रवक्त खड्काका अनुसार छैठौँ दिनसम्म करिब १ करोड ४५ लाख बराबरको आर्थिक कारोबार भएको छ । महोत्सवमा हरेक दिन दर्शकको संख्या बढ्दै गएको छ, व्यापार पनि बढ्दो छ प्रवक्ता खड्काले भने हामी हाम्रो लक्ष्यमा सफल हुन्छौँ भन्नेमा विश्वस्त छौँ ।

    त्यस्तै, आयोजकले प्रभु कम्पनीसंग समन्वय गरेर शनिबार शुक्लागण्डकीको आकाशमा हेलिकप्टर उडाएपछि महोतसवको थप रौनकता बढेको छ । शुक्लागण्डकी क्षेत्रको प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको पचारप्रसार गर्ने उद्देश्यले हेलिकप्टरबाट अवलोकन गर्ने व्यवस्था मिलाएको हो ।

    शनिबार मात्रै हेलिकप्टरबाट ५१ जनाले शुक्लागण्डकी क्षेत्रको सुन्दर दृश्य अवलोकन गरेका छन् । विभिन्न स्थानमा संचालित महोत्सवहरुमा हेलिकप्टरबाट दृश्य अवलोकन गर्ने अभ्यासहरु भएको भए पनि शुक्लागण्डकीमा पहिलो पटक हेलिकप्टरबाट दृश्य अवलोकन गर्न दर्शकहरुको आकर्षण बढेको हो ।

    अझै पनि हेलिकप्टरबाट अवलोकन गर्न चाहानेहरुको माग भइरहेकाले कम्पनीसंग छलफल गरेर महोत्सवमा अर्को दिन पनि हेलिकप्टर ल्याउने सम्भावना रहेको प्रवक्ता खड्काले बताए ।

    हेलिकप्टरबाट शुक्लागण्डकीको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरु ढोरबाराही, तीनखोले देवी, च्यवनधाम, मुलबाराही मन्दिर, भुलभुले देवीको मन्दिर तथा पर्यटकीय स्थलहरु दगाम, स्थानथोक भुजिकोट, लामागाउँ घरेडी, रक गार्डेन, ढोरफिर्दी भिमाद, म्याग्दे र लेखनाथको आसपास क्षेत्रको प्राकृतिक दृश्यहरु समेत अवलोकन गराइएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.