सडक महोत्सवमा चर्को मुल्य लिनेलाई कारवाही गर्ने चेतावनी
/१५ पुष २०७५, आईतवार १५:५४ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा ।अंग्रेजी नयाँ बर्षको अवसरमा पोखरामा जारी सडक महोत्सबमा कसैले बढी मुल्य लिएको पाइएमा कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
रेवान पोखराका पुर्व अध्यक्ष सुर्य बहादुर भुजेलले सडक महोत्सवको अवसरमा होटलको रुममा ५० प्रतिशतसम्म मुल्य बृद्धि हुने बताएपछी उक्त खबर केहि संचारमाध्यममा आएको थियो ।
पोखराका होटल तथा रेस्टुरेन्टले ३ सय देखी ४ सय प्रतिशत सम्म मूल्य बढाएर लिने गरेको आरोप लागिरहेको बेला कसैले अलिकति पनि बढी मुल्य लिए प्रशासनले कारवाही गर्ने चेतावनी दिएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले महोत्सवको नाममा कसैले तोकेको मुल्य भन्दा एक रुपैया पनि बढी लिएको भेटिएमा कारवाही गर्ने चेतावनी दिएका हुन।
उनले कुनै मेला र महोत्सवको अवसरमा कसैले मौका छोपेर आम उपभोक्ता तथा पर्यटकहरुलाई ठग्ने नियतले बढी शुल्क लिएको प्रमाण भेटिएमा कारवाही गर्ने जनाए।
उनले महोत्सब अवधिभर कानुनले वन्देज गरेको कुनै पनि क्रियाकलाप गरेको भेटेमा समेत कारबाही गर्ने बताए ।
अदालतले सडक महोत्सबको अवसरमा आतिसबाजी नगर्नु भनिसकेको अवस्थामा लोकेसन परिवर्तन गरेर अथवा सोहि स्थानमा आतिसबाजी गर्ने आन्तरिक तयारी भइरहेको हल्ला चलिरहेको भन्दै उनले त्यस्तो हुन् नदिने बताएका छन् ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । अंग्रेजी नयाँ बर्षको अवसरमा पोखरामा जारी सडक महोत्सबमा कसैले बढी मुल्य लिएको पाइएमा कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

Related