पूर्व राजा ज्ञानेन्द्र शाह दर्शन गर्न लेखनाथको नर्मदेश्वर मन्दिरमा, स्थानीयद्धारा भव्य स्वागत
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान ज्ञवाली
पोखरा / पूर्व राजा राजा ज्ञानेन्द्रले आज पोखरा महानगरपालिका वडा नं २९ लेखनाथको मदौरे कुना स्थीत आषुतोश नर्मदेश्वर मन्दिरमा पुगि पुजा अर्चना गरेका छन ।
पुर्वराजा ज्ञानेन्द्रले नर्मदेश्वर मन्दिरमा पुजा अर्चनाका साथै पुर्णहुतिमा पनि समावेश भएका थिए ।मन्दिर व्यवस्थापन समितीका तर्फवाट मन्दीरका पिठाधिश अनुराग गरिीका तर्फवाट अभिनन्दन पत्रपनि पुर्वराजालाइ प्रदान गरिएको थियो ।यसैविच पुर्व राजाको तर्फवाट मन्दिरको विकासका लागि १ लाख प्रदान भएको थियो ।
यस अघि पुर्व राजा ज्ञानेन्द्र आउने थाहा पाएपछि हजारौंको संख्यामा लेखनाथ तथा पोखरा वासि मन्दीर देखि करिव डेढ किलोमिटर वरपर उभिएर राजाको स्वागत गरेका थिए ।
उपस्थीत पोखरा वासिले राजा आउ देश वचाउ ,राजतन्त्र जिन्दावाद,ज्ञानेन्द्र सरकार जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगाएतका नारा लगाएका थिए ।
वाजागाजा सहित ठुलो संख्यामा उपस्थीत जन समुदायका साथ पुर्वराजा ज्ञानेन्द्र मन्दिर परिसरमा पुग्दा मन्दिर हाता भित्र पुर्व राजाको जयजयकार गरिएको थियो ।विश्व हिन्दु महासंघ ,शिवशेना नेपाल,राप्रपा लगाएत विभिन्न संघ संगठन हरुका नेता कार्यकर्ता हरु त्यहां उपस्थित रहेका थिए ।
पुर्व राजाको नागरिक स्वागत समितीको संयोजक केशव भण्डारी,नेपाली कांग्रेस विपिका अध्यक्ष चन्द् वहादुर राना भाट ,विश्वहिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खराल,राप्रपाका महेन्द्र वहादुर कार्की लगाएत वुद्धिजिवी हरुले पुर्व राजा ज्ञानेन्द्रको अग्रको स्वागत गरेका थिए ।
Related