ट्राफिक प्रहरी गुल्मीले अटो रिक्सा र ट्याक्टरमा टाँस्यो टल्कने स्टिकर
/१५ पुष २०७५, आईतवार १२:५६ , प्रकाशीत
सन्तोष महतारा गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिका क्षेत्र भित्र सञ्चालन हुने अटो रिक्सामा टल्कने स्टिकर टास्ने अभियान शुरु गरेको छ। ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्ने उदेस्यले रातको समयमा टल्कने स्टिकर टास्नुका साथै रिक्सा चालकलाई ट्राफिक नियमको बारेमा प्रशिक्षण दिएको हो।
दिउँसोको समयमा पनि स्टिकरले सहयोग गर्ने र अटो रिक्सा रातीमा चल्दा टल्कने स्टिकरले दुर्घटना लगायत अन्य बिषयमा सहयोग पुग्ने जनाउदै स्टिकर राख्ने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक पृथ्वीनारायण काफ्लेले बताए। रातको समयमा टल्कने स्टिकर राख्नाले अरु गाडीहरुले सहजै देख्ने हुनाले दुर्घटना कम हुने नायब निरिक्षक काफ्लेले बताए।
उनलका अनुसार अटो रिक्सा स्टिकर टाँस्नुका साथै प्रहरीले चालकलाई ट्राफिक नियमको बारेमा जनाकारी गराएको छ।ट्राफिक प्रहरीले चालकलाई ,क्षमता भन्दा बढी यात्रु ओसारपोसार नगर्न र तिव्र गतिमा रिक्सा नचलाउन समेत सचेत पारेको छ।
त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले रिडी र श्रृङ्गामा पनि ट्याक्टरमा स्टिकर टाँसेको छ । ट्याक्टर रातको समयमा बढी चल्ने र दुर्घटना हुने भएकोले ट्याक्टरको ट्रलीको पछाडी स्टिकर टाँसेको ट्राफिक प्रमुख काफ्लेले बताए।
ट्राफिक प्रहरीले यसअघि पनि सवारी चालक, शिक्षक विद्यार्थी तथा यात्रुहरुलाई पनि ट्राफिक नियमको वारेमा सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
सन्तोष महतारा
गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिका क्षेत्र भित्र सञ्चालन हुने अटो रिक्सामा टल्कने स्टिकर टास्ने अभियान शुरु गरेको छ। ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्ने उदेस्यले रातको समयमा टल्कने स्टिकर टास्नुका साथै रिक्सा चालकलाई ट्राफिक नियमको बारेमा प्रशिक्षण दिएको हो।

Related