• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुल्मी काँग्रेसले मनायो मेलमिलाप दिवस

  •      /१६ पुष २०७५, सोमबार १३:३२ ,  प्रकाशीत
  • सन्तोष महतारा
    गुल्मी । नेपाली काङ्गेस गुल्मीले ४३ औँ एकता तथा मेलमिलाप दिवस मनाएको छ । सोमबार नेपाली काङ्गेसले विपि स्मृति भवन तम्घासमा दिवस मनाएको हो ।
    नेपाली काङ्गेस केन्द्रीय समितिको देशै भर मेलमिला दिवस मनाउने अभियान अन्तरगत गुल्मीमा पनि दिवस मनाएकोहो।

    दिवसलाई कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व कृषि मन्त्री रामकृष्ण यादवले सम्बोधन गरेका थिए। पूर्व मन्त्री यादवले मेलमिलापको नीति नै लोकतन्त्रको अस्तित्व बचाउनेका भएको बताउद आजको यस मेलमिलापको दिन लोकतन्त्रवादीको ऐतिहासिक अवसर भएको बताए।प्रजातन्त्रमा हारजित स्वभाविक भएको बताउदै उनले एकपटकको पराजयबाट काँग्रेसका नेता कार्यकर्ता नरस्साहीत हुन नहुने बताए।

    उनले निर्मला हत्या काण्डले सरकारको सक्कली अनुहार उदांगीएको बताउदै वर्तमान सरकार लोकतन्त्र विरोधी भएको दाबी गरे।पूर्वमन्त्री यादवलेसरकार काम गर्न भन्दा बढी कांग्रेसको बिरोध गर्नमा समय खर्चिएको आरोप लगाए। उनले काँग्रेस प्रतिपक्षमा भएपनि विकासमा मेलमिलाप गरेर अगाडी बढ्न तयार रहेको बताए।

    सरकारले मुलुक भर करआतंक मच्चाएर नागरिकलाई आतंकीत पारेको समेत उनले आरोप लगाए।कांग्रेसका पूर्व जिल्ला सभापति त्रैलोक्य प्रताप सेनले यहि मेलमिलाप दिवसबाट काँग्रेस एक भएर अगाडि बढ्ने बताए।

    कांग्रेसका जिल्ला सभापति भूवनप्रसाद श्रेष्ठले कांग्रेसको एकता बोलीमा नभएर ब्यबहारमा उतार्नु पर्ने बेला भएको बताए। ‘एकता बोलेर हुदैन, ब्यवहारमा उतार्नु पर्दछ,’ उनले भने।‘पार्टी सभापति शेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई गुल्मी ल्याएर एउटै मञ्जबाट एकताको सन्देश दिन्छौ।’

    कार्यक्रमा कांग्रेसका जिल्ला उपसभापति बिष्णु बलालले स्वागत मनतव्य ब्याक्त गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका भातृसंङ्गठनका पदाधिकारी, नेता तथा कार्यकर्ता, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.