• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सडक महोत्सवमा ठगिँदै पर्यटक,ब्यवसायी संस्थाको निर्देशन ब्यवसायीले टेरेन्

  •      /१६ पुष २०७५, सोमबार ०५:४४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा/ पोखराको लेकसाइडमा रहेको हल्क होटेलले विगतमा एउटा कोठाको शुल्क दुई हजार रुपैयाँ लिँदै आएको थियो । होटेलले अहिले कोठाको शुल्क बढाएर ५५ सय रुपैयाँ पु-याएको छ । १५० देखि दुई सय रुपैयाँमा पाइने मःमको चार सय रुपैयाँ तोकिएको छ । ३०/३५ रुपैयाँ लिँदै आएको मिनिरल वाटरको ७० देखि ८० रुपैयाँ लिन थालिएको छ ।

    लेकसाइडका अधिकांश होटेल व्यवसायीले कोठादेखि खानासम्म सबैको मूल्य बढाएका छन् । यसरी मूल्य बढ्नुको कारण हो, अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको २०औँ सडक महोत्सव । महोत्सव १७ पुससम्म चल्नेछ ।

    कतै देखे भाइबरमा फोटो हाल्दिनुस्
    महोत्सवमा खानाको मूल्य बढी लिएको विषयमा आयोजक रेवान पोखराका महासचिव गणेश थापासँग जिज्ञासा राख्दा उनले त्यति चासै देखाएनन् । ‘कतै देखे भाइभरमा फोटो हाल्दिनुस्’ भन्ने जवाफ दिएर उनी तर्किए । महोत्सवको अन्तिम तयारीबारे जानकारी दिने उद्देश्यले ११ पुसमा आयोजित पत्रकार सम्मेलनमा रेवान पोखराका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेलले महोत्सवको अवसरमा होटेलको कोठामा ५० प्रतिशतसम्म मात्र मूल्यवृद्धि हुने बताएका थिए ।

    पटक–पटक आग्रह गर्दा पनि असुली गर्न छाडिएन
    क्षेत्रीय होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनका अनुसार शनिबार पोखराका होटेलहरूको अकुपेन्सी करिब ४० प्रतिशतको हाराहारीमा थियो । आइतबार यो दर बढेर ६५ प्रतिशत पुगेको छ । आफूहरूले लिँदै आएको मूल्य नबढाउन पटक–पटक आग्रह गर्दासमेत शुल्क वृद्धि भएको गुनासो आउने गरेको उनको भनाइ छ ।

    हल्क होटेलका फ्रन्ट डेस्क रिसेप्सनिस्ट सुनील दाहालले नयाँ वर्षका कारण कोठाको शुल्क वृद्धि भएको जानकारी दिए । यसअघि आयोजकले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्यटकलाई १५ प्रतिशतसम्म छुट दिने बताएका थिए । तर, पोखरा जाने आन्तरिक तथा बाह्य पर्यटकले १५ प्रतिशत छुट पाउनुको साटो लिँदै आएको मूल्यमा तीन गुणासम्म तिर्नुपर्दासमेत आयोजक पक्षले कुनै चासो देखाएको छैन ।

    आयोजकले खानाका प्रत्येक स्टलमा मूल्यसूची रहने बताए पनि अधिकांशले राखेका छैनन् । आएका ग्राहकमध्ये कसैले मोलमलाइ गरे केही घटाउने र मोलमलाइ नगर्नेलाई बढी पैसा असुल्ने गरिएको छ । सडकसँगै महोत्सवको मुख्यस्थल कोमागानेपार्कमा रहेका अधिकांश रेस्टुरेन्टले मूल्यसूची नराख्दासमेत आयोजकको ध्यान जान सकेको छैन । कोमागानेपार्कमा रहेको ओनियन रेस्टुरेन्टका सञ्चालकले मूल्य लिन सजिलो होस् भनी नराखेको जवाफ दिए ।

    स्टलको भाडा धेरै
    स्टलको भाडा धेरै भएकाले खानेकुराको मूल्यसूची नराखेको रेस्टुरेन्ट व्यवसायीको भनाइ छ । ‘महोत्सव अवधिका लागि एउटा स्टलको भाडा ४० हजार रुपैयाँ छ, एउटा साँघुरो भएकाले अर्को पनि लिनुपरेकाले धेरैले मूल्यसूची नराखेका हुन्,’ महोत्सवस्थल कोमागानेपार्कमा रहेको एक रेस्टुरेन्ट सञ्चालकले नाम नबताउने सर्तमा भने । लेकसाइडको ठूलो होटेलहरूको भन्दा बढी भाडा भएकाले महोत्सवबाटै उठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
    मारमा आन्तरिक र बाह्य पर्यटक
    लेकसाइडमा खानादेखि होटेलका कोठाहरूको शुल्क बढाइँदा प्रत्यक्ष मारमा महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई परेको छ । विगत वर्षमा पनि शुल्क बढी लिएको भनी गुनासो सुनिने गरेको थियो । तर, महोत्सव आयोजक र स्थानीय प्रशासनले बेवास्ता गर्दै आएका थिए ।

    यसअघि अनलाइन र फोनबाट होटेलका कोठाहरू बुक गर्ने होटेलहरूले अहिले खाली नभएको भन्दै बुक गर्न छाडेका छन् । तर, होटेलका अधिकांश कोठा खाली छन् । होटेलमा सीधै जाने ग्राहकसँग बढी पैसा असुल्न पाइने भएपछि उनीहरूले बुक गर्न
    छाडेका हुन् ।

    • यो समाचार नयाँपत्रिकाका  दैनिककोको लागी रोहतिराज पराजुलीले लेखेको ह’न\।   

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.