• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कांग्रेसका नेताहरुले पूर्वराजा ज्ञानेन्द्रसँग पोखरामा गोप्य भेटघाट

  •      /१७ पुष २०७५, मंगलवार ०५:२३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ।नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता विपी कोइरालाले अबलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको स्वागत गर्न प्रत्येक बर्ष मेलमिलाप दिवस मनाउने गर्दछ ।

    सोमबार देशभर नेपाली कांग्रेसका नेता कार्यकर्ताले मेलमिलाप दिवस मनाए । तर पोखराका कांग्रेस नेताहरुले भने मेलमिलाप दिवस मनाउनुभन्दा पहिले गद्दी च्यूत भएका पूर्वराजा ज्ञानेन्द्रको दर्शन गरेका छन् ।

    धार्मिक निजी भ्रमण भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह लामो समयदेखि पोखरामा छन् । पोखरामा उनको गणतन्त्रभित्र राजतन्त्रको झल्को दिनेगरी स्वागत भएको छ भने राजनीतिक दलका नेताहरुले भेटघाट गरिरहेका छन् । विपीको मेलमिलाप दिवसकै दिन नेपाली कांग्रेसका नेताहरुले पूर्वराजा बसेकै ठाउँमा पुगेर भेटघाट गरेका छन् । पूर्व राज्यमन्त्री सुशीलमान शेरचनसहितका कांग्रेस नेताहरुले पूर्वराजा शाहलाई भेटेका छन् ।

    २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर विपी कोइराला भारतबाट नेपाल फर्किएको थिए । त्यही सन्दर्भ पारेर नेपाली कांग्रेसले हरेक बर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।

    सुशीलमान शेरचन नेपाली कांग्रेसका नेता मात्र हैनन् राजनीतिक विरासत थामेको कांग्रेस परिवारभित्रका सदस्य हुन् । विपी प्रधानमन्त्री हुँदा शेरचनका बुवा योगेन्द्र शेरचन मन्त्री थिए । विपी क्याविनेटका मन्त्री शेरचनका छोराले विपीकै मेलमिलाप दिवसका दिन पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका छन् ।

    पूर्वराजा ज्ञानेन्द्रले पोखरामा बसेर धार्मिक भ्रमण मात्र गरेका छैनन, राजनीतिक भेटघाट पनि गरिरहेका छन् । पूर्वपञ्च नेतादेखि नेपाली कांग्रेसका नेताहरुसँग उनले भेटघाट गर्ने गरेका छन् । उनको स्वागतमा हजारौ मानिसहरु सडकमा आउन थालेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.