मन्त्री र सचिवविरुद्ध लेख्ने कर्मचारीलाई ‘साइबर ल’ लगाउने तयारीमा सरकार
/१७ पुष २०७५, मंगलवार १०:०३ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता काठमाडौं । कर्मचारी समायोजनलाई लिएर सरकार, मन्त्री र सचिवका विरुद्ध जथाभावी लेख्ने सरकारी कर्मचारीलाई सरकारले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारवाही गर्ने तयारी गरेको छ । सरकारले कारवाही अघि बढाउन यस्ता क्रियाकलापमा संलग्न कर्मचारीको विवरण संकलन गर्ने कार्य अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरिरहेको छ ।
संघ, प्रदेश र स्थानीय तहमा समायोजनको कार्य अगाडि बढेको छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ, “यसै सन्दर्भमा निजामती सेवा ऐन, २०४९ को परिच्छेद ७ को आचरण र अनुशासनलाई बेवास्ता गर्दै निजामती कर्मचारीहरुले सामाजिक
सञ्जाल, पत्रपत्रिका तथा लेखरचनामा नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू, सचिवज्यूलगायत यस मन्त्रालयको गरिमामा आँच आउने गरी अवाञ्छित, उच्श्रृंखल, अनुचित, गैरजिम्मेवारी, अनुशासनहिन र पेशाको मर्यादा विपरित स्टाटस, विचार, तस्वीर राख्नेलगायतका अस्वभाविक क्रियाकलापप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”
सरकारले समायोजन अध्यादेश ल्याए पछि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाएको छ । तर केही कर्मचारी ट्रेड युनियनहरुले सरकारले ल्याएको अध्यादेश उच्च तहमा कार्यरत कर्मचारीको पक्षमा रहेको जनाउँदै विरोधमात्र गरेका छैनन्, समायोजन प्रक्रियामै सहभागी नहुने बताएका छन् ।
“यसरी निजामती ऐन, २०४९ मा उल्लेखित आचरण र अनुशासनलाई बेवास्ता गरी आपूm निजामती कर्मचारी समेतको भूमिकामा नरहेको जस्तो गरी मन्त्रीज्यू, सचिवज्यूलगायतका पद, वर्ण, जात, समुदाय तथा सम्प्रदायलाई समेत जोडेर सामाजिक सञ्जालमा गैरजिम्मेवारीपूर्ण, अनुशासन र आचरण विपरित अभिव्यक्ति राख्ने राष्ट्रसेवक कर्मचारीहरुको यस मन्त्रालयले अभिलेख राखेको व्यहोरा सूचित गरिन्छ,” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विज्ञप्तिमा स्पष्ट शब्दमा भनेको छ ।
“यस प्रकारका भ्रामक, अवाञ्छित र दुराशययुक्त क्रियाकलाप गर्ने राष्ट्रसेवक कर्मचारीहरुलाई निजामती सेवा ऐन, २०४९, को नियमावली, २०५०, सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४, सोको नियमावली, २०६५, विद्युतिय कारोबार ऐन, २०६३ (साईबर ल) बमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराईन्छ,” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।
शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं । कर्मचारी समायोजनलाई लिएर सरकार, मन्त्री र सचिवका विरुद्ध जथाभावी लेख्ने सरकारी कर्मचारीलाई सरकारले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारवाही गर्ने तयारी गरेको छ । सरकारले कारवाही अघि बढाउन यस्ता क्रियाकलापमा संलग्न कर्मचारीको विवरण संकलन गर्ने कार्य अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरिरहेको छ ।

Related