पदक विजेता महर्जनलाई मदन भण्डारी स्पोटर्स एकेडेमीको सम्मान
/१७ पुष २०७५, मंगलवार १४:०४ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा । दशौँ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनशिपमा स्वर्ण विजेता महेश्वर महर्जन सम्मानित भएकाछन। मदन भण्डारी स्पोटर्स एकेडेमीको १० औं स्थापना दिवसको सन्दर्भमा खेलकुदको विकासको लागि ऐन, कानुन तथा निती विचार गोष्ठी समापनको अवसरमा खेलाडी महर्जनलाई सम्मान गरेको हो ।
खेलकुदको माध्यमबाट नेपालको नाम उचो राख्न महत्वपुर्ण भुमिका खेलेको भन्दै एकेडेमीले सम्मान गरेको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले बताए । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उनलाई सम्मान गरेका हुन । थाइल्याण्डको चाङमइमा गएको मङ्सिर २५ देखि पुस २ गतेसम्म भएको उक्त प्रतियोगितामा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण जित्दै इतिहास रचेका थिए ।
नेपाली शारीरिक सुगठनको इतिहासमा महेश्वरले जितेको उक्त स्वर्ण पहिलो हो । महेश्वर एशियाली शारीरिक सुगठनमा पनि स्वर्ण जित्ने एक्लो नेपाली खेलाडी हुन् । यसअघि महर्जनलाई थाइल्याण्डस्थित नेपाली दूतावास तथा नेपाल शारीरिक सुगठन सङ्घले क्रमशः दुई लाख ५० हजार र तीन लाख नगद सहित सम्मान गरिसकेको छ ।
उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिमिल्सिना र सदस्य राजेश कुमार गुरुङलाई स्वागत तथा बधाई ज्ञापन गरिएको छ । राखेपमा आएसंगै खेलकुदको विकास र विस्तारमा थप उर्जा मिलोस भन्दै उनीहरुलाई बधाई ज्ञापन गरिएको अध्यक्ष श्रेष्ठले जनाए ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । दशौँ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनशिपमा स्वर्ण विजेता महेश्वर महर्जन सम्मानित भएकाछन। मदन भण्डारी स्पोटर्स एकेडेमीको १० औं स्थापना दिवसको सन्दर्भमा खेलकुदको विकासको लागि ऐन, कानुन तथा निती विचार गोष्ठी समापनको अवसरमा खेलाडी महर्जनलाई सम्मान गरेको हो ।

Related