डाक्टर केसी १६ औं अनशन इलाममा बस्दै,सरकारले सम्झौता पालना नगरेको आरोप
/१७ पुष २०७५, मंगलवार १४:४६ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा/ सरकारलाई दुई साताको अल्टिमेटम दिएका डाक्टर गोविन्द केसी अल्टिमेटम सकिए लगत्तै अनशनको तयारीका लागि मङ्गलवार पूर्वी पहाडी जिल्ला इलाम पुगेका छन्।
सरकारले तोकिएको समय सीमाभित्र माग पूरा नगरेपछि केसीले भोलिबाट इलाममा अनशन सुरु गर्ने भएका छन्। अनशनको तयारीका लागि डाक्टर केसी इलाम पुगिसकेको उनका सहयोगी डाक्टर अभिषेक सिंहले जानकारी दिए। डाक्टर सिंहका अनुसार डाक्टर केसीले बुधवारदेखि अनशन बस्ने तयारी छ।
डाक्टर केसीले १५ औं अनशन कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाबाट गरेका थिए। त्यो अनशन २७ दिनपछि टुंगिएको थियो। १५ औँ अनशन सकिएको चार महिना बितिसक्दा पनि कुनै सम्झौता कार्यन्वयन नभएपछि डाक्टर केसीले अर्को अनशन सुरु गर्ने तयारी गरेका हुन्। डाक्टर केसीको यो १६ औँ अनशन हो।
डाक्टर केसीले यसअघि अल्टिमेटम दिएका थिए। अल्टिमेटम दिँदा पनि सरकारले मागको विषयमा सुनुवाइ नगरेपछि डा. केसीले अनशन सुरु गर्ने तयारी गरेका थिए।

Related