मलेसियामा १४४ जना नेपाली जेलमा, २६ जनालाई मृत्यु दण्डको अभियोग
/१७ पुष २०७५, मंगलवार ०७:५३ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
मलेसिया/ दश लाखभन्दा बढी नेपाली कार्यरत मलेसियामा विभिन्न जेलहरुमा नोभेम्बर २०१८ सम्ममा १४४ जना नेपाली कामदार जेल सजाय भोगिरहेको दूतावासले जनाएको छ ।
जसमध्ये अध्यागमन सम्बन्धि अभियोग लागेका २७ जना काम गर्ने अनुमती पत्र नभएका ४७ जना झैझगडा तथा चोरी सम्बन्धि ६७ जना, लागूऔषध ओसारपसारको मुद्दामा १५ जना,अपहरण मुद्दामा २ जना बालबालिका सम्बन्धि अभियोगमा १ जना, मृत्यु दण्डसम्बन्धि अभियोगमा १६ जना र राहदानी सम्बन्धि अभियोगमा १ जना रहेका छन् ।
हाल मलेसियाको विभिन्न जेलमा १४४ जना नेपाली छन् । तीमध्ये छ जना महिला छन् । काराबास तथा जेलमा रहेका नेपालीलाई रिहा गर्न र स्वदेश फर्काउन दूतावासले पहल गर्नु आवश्यक रहेको अध्ययनका क्रममा पाइएको छ ।
हाल गम्भीर प्रकृतिका मुद्दाहरु प्यानल कोडको कमान्डमा रहेको श्रोतले बताएको छ । जेलमा पर्नेहरुको संख्यामा थपघट हुनसक्ने दूतावास स्रोतले जनाएको छ । माथी उल्लेखित संख्या मलेसियाको (प्रीजन डिपार्टमेन्ट) केन्द्रीय कारागार बिभागबाट नेपाली राजदुतावास क्वालालम्पुरलाई नोभेम्बर २६ सम्म आएको जानकारी हो ।
नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले पनि गत जेष्ठ ११ मा भारतीय मुलका खारेन जितलाई नेपाली दूतावासको वकिलमा एक वार्षिय करार सेवामा नियुक्ती दिएको थियो ।
साधारण प्रकृतिका मुद्दाहरुमा निःशुल्क सेवा प्रदान गरिने भएता पनि गम्भीर प्रकृतिका मुद्दा अदालतको सजाय मृत्युदण्ड धरौटी जस्ता गम्भीर प्रकृतिका मुद्दाहरु भने सेवाग्राही र वकिलको सहमतीमा शुल्क निर्धारण हुने र सेवाग्राही आफैले बेहोर्नु पर्ने तर सुचना दूतावासलाई अवगत गराउनु पर्ने गरि वकिल नियुक्त गरिएको थियो ।
खर्च बेहोर्न नसक्ने बिपन्न कामदारको हकमा दूतावासले प्राथमिकताका आधारमा नेपाल सरकाबाट उपलब्ध बजेटको परिधिभित्र रहेर रकम उपलब्ध गराउने भएको दूतावासले जनाएको छ ।
०१८ नोभेम्बरसम्मको डाटामा मलेसियामा रहेका विभिन्न जेलहरुमा १४४ जना नेपाली नागरिकहरु रहेको र धेरै जसो नेपालीहरुलाइ अध्यागमन मुद्दा ,चोरी ,अबैध धन्दा लागुऔसधि सेबन तथा ओसारपसार झैझगडाका कारण जेल परेका दूतावासले जनाएको छ।
गत बर्ष २०१७ को तथ्यांक अनुसार ३१ जना नेपाली कामदार कार्बा्हिमा परेका थिए कतिपयको मुद्दा छिनोफानो भै स्वदेश फर्किसकेका छन् भने कतिपय उद्धार भै स्वदेश फिर्ता गराउने तयारी चलिरहेको छ ।
अघिल्लो बर्षको तुलनामा कार्बा्हिमा पर्ने नेपालीको सङ्ख्या बढेको स्रोतले बताएको छ। चालू बर्षको अगस्ट ९ सम्मकै छोटो अबधिमा लागू औषधि प्रयोगकर्ता मात्रै २२ जना कानुनी कार्बाही चलिरहेको थियो ।

Related