पेट्रोलियम पदार्थको प्रतिलिटर २ रुपैयाँ मुल्य घट्यो,
/१८ पुष २०७५, बुधबार १४:४५ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।
मुल्य घटाएपछि बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय ८ र डिजेल तथा मट्टितेल समान ९५ रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा घटेको मुल्यअनुसार नेपाली बजारमा समायोजन गरेको बताए ।
आयल निगमले पछिल्लो डेढ महिनामा निरन्तर मुल्य घटाइरहको छ । डेढ महिनामा प्रत्येक १५ दिन बिराएर भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ मुल्य अनुसार अहिलेसम्म पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समान ६ रुपैयाँ प्रतिलिटर घटेको छ ।

Related