• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सहकर्मी कुटपिटको विरोधमा लमजुङका कर्मचारी आन्दोलित, काम ठप्प

  •      /१८ पुष २०७५, बुधबार १५:५० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    बेसीशहर : सहकर्मी कुटिएको विरोध गर्दै लमजुङका सरकारी कार्यालयमा कार्यरत लेखा अधिकृत तथा लेखापालहरुले कामकाज ठप्प पारेका छन् । बुधबार कार्यालयको लेखा सम्बन्धी सबै काम रोकेर लेखापालहरु कोष तथा लेखा नियन्त्रक कार्यालयमा धर्नामा बसेका हुन् ।

    सोमबार सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुलीलाई सत्तारुढ नेकपाको भातृ संगठन युवा संघ सुन्दरबजार नगर कमिटीका उपाध्यक्ष नवीन श्रेष्ठलगायत युवाहरुले कुटपिट गरेका थिए ।

    पीडकलाई पक्राउ गरी कारवाहीको माग गर्दै लेखापालहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बुधबार नै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई ज्ञापनपत्र बुझाउँदै आक्रमणकारी श्रेष्ठलाई पक्राउ गर्न दवाव दिए ।

    पीडितलाई साथ दिँदै कर्मचारीका पेशागत संगठनहरु नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले पनि संयुक्त विज्ञप्ती प्रकाशन गरी दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

    कार्यकक्षमै लेखापाल कुटिएपछि सुन्दरबजार नगरपालिकाको काम तीन दिनदेखि ठप्प छ । कर्मचारीहरु काम नगरी आन्दोलनमा उत्रिएका छन् । बुधबार बसेको नगरकार्यपालिका बैठकले कर्मचारीहरुलाई काममा फर्कन आग्रह गरे पनि कर्मचारीहरुले आक्रमणकारीलाई पक्राउ गर्न तीन दिनको अल्टिमेटम दिएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.