• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

खेलकुद विकास समिति गुल्मीले ग¥यो खेलाडी छनौट, १४२ खेलाडी सहभागि हुने

  •      /१८ पुष २०७५, बुधबार १२:३८ ,  प्रकाशीत
  • सन्तोष महतारा
    गुल्मी । जिल्ला खेलकुद विकास समिति गुल्मीले प्रदेश छनौटका लागि जिल्लामा खेलाडी छनौट गरेको छ । समितिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को लागि विभिन्न विधाका खेलमा खेलाडी छनौट गरेको हो ।

    समितिले विभिन्न विधामा एक सय ४२ जना खेलाडी छनौट गरेको जिल्ला खेलकुद विकास समिति गुल्मीले जनाएको छ । जसमा तेक्वान्दो पुरुष महिला, कबड्डी पुरुष महिला, फुटबल पुरुष, एथ्लेक्सि पुरुष महिला, टेबल टेनिस पुरुष, ब्याडमिन्टन पुरुष, वसिङ्ग पुरुष, तेक्वान्दो पुरुष महिला, कराँते पुरुष महिला र भलिबल पुरुष महिलाको लागि खेलाडी छनौट गरेको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

    खेलाडीको छनौंट प्रक्रियाका लागि गत मंसिर २५ देखि २८ गतेसम्म खेल सञ्चालन भएको थियो । जसमध्ये अहिले छनौट भएका खेलाडीको नाम सार्वजनिक गरिएको खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली बिकले बताए ।

    खेलकुद विकास समिति गुल्मीले तेक्वान्दो पुरुषतर्फ दिपेन्द्र चुदारा, अरुण ताम्राकार, झविन्द्र रेगामी, दिपेश पुन, मनोज पाण्डे, देव सोमै, भिमप्रकाश राना र खेतबहादुर राकसकोटीलाई छनौट गरेको छ । त्यस्तै तेक्वान्दोतर्फ कै महिलातर्फ दिपा पुन, कश्मिरा थापा, माया बुढा, सपना सारु, सुजन्ता बलाल, रन्जना नेपाली, पद्मा पुन र मनिषा राकसकोटी गरि जम्मा १६ जनालाई छनौट गरेको छ ।

    त्यस्तै कबड्डी पुरुषतर्फ ः गणेश पुन मगर, सन्दिप भर्ताल, श्यामलाल बुढा मगर, सन्तोष मुखिया, आकाश बुढा मगर, प्रज्वल विक्रम कँुवर, कमल पाण्डे र मोहन थापालाई छनौट गरेको छ ।

    कबड्डी महिलातर्फ २० जनालाई छनौट गरेको छ । फुटबल पुरुषतर्फ १६ जनालाई जिल्ला खेलकुद विकास समिति गुल्मीले छनौट गरेको छ । त्यस्तै एथ्लेक्सि पुरुषतर्फ, टेबल टेनिसतर्फ समेत खेलाडी छनौट गरिएको छ । त्यसैगरी वसिङ्गतर्फ ५जना खेलाडी छनौट गरिएको छ भने क्रिकेटतर्फ १९ जना खेलाडी छनौट भएका छन ।

    त्यसैगरी तेक्वान्दो पुरुषतर्फ १६ जना खेलाडी छनौट गरिएको छ भने कराँते पुरुषतर्फ समेत खेलाडीको छनौंट गरिएको छ।त्यस्तै भलिबल पुरुषतर्फ र महिला तर्फका खेलाडीहरु पनि छनौट भएको खेलकुद विकास समिति गुल्मीका अध्यक्ष भण्डारीले जानकारी दिए ।प्र

    देश छनौटको खेल आउँदो माघमा हुने अध्यक्ष भण्डारीले जानकारी दिएका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.