‘वाइडबडी खरिद गर्ने प्रक्रिया हामी आउनु अगाडिकै हो, यो सरकार त वाइडबडी खरिद प्रक्रियामा एक प्रतिशत पनि सहभागी छैन’
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल एअरलाइन्सको वाइडबडीबिमान खरिदमा आफ्नो गत्ली प्रमाणित गरे राजनीतिबाटै सन्याय लिने घोषणा गर्नुभएको छ ।
यदि अलिकति पनि संलग्नता कसैले छानविनका क्रममा भेटेछ भने दावाका साथ भन्छु जिन्दगीभरि राजनीतिक सन्यास लिन्छु । थोरैमात्र पनि भेटिएमा । कुनै डर छैन, नबिराउनु, नडराउनु भन्छन नि, जब बिराइँदैन डर हुन्न, मलाई डर छैन
पर्यटन मन्त्रालयमा सुधारको काम गर्दा बिचौलियादेखि माफियासम्मले आफूमाथि प्रहार गरिरहेको ठोकुवा गर्दै मन्त्री अधिकारीलृ छानविनबाट वाइडबडीमा आफ्नो गल्ती भेटिए मन्त्रीबाट मात्रै होइन राजनीतिबाटै सन्यास लिने घोषणा मन्त्री अधिकारीले गर्नुभएको हो ।
हाम्रो पैसा गइसक्यो । पैसा जाने जहाज नआउने रु त्यो अवस्थाचाहिँ हुनुहुँदैन । जहाज ल्याउनुपर्यो, ती प्रक्रियामा कमजोरी भएका छन् भने खोज्नुपर्यो । छानविन गरेर दोषी पाइयो भने कारवाही गर्ने, तर जहाजलाई चाहिँ नरोक्ने भनेको हो ।’
उहाँले कतिपय मानिसहरु बदनाम गर्न मात्रै आफूमाथि प्रहार गरिरहेको बताउनु भयो । ‘अब कतिपय मान्छे भन्छन् यो जहाज एयरबस हटाउने र बोइङ ल्याउने । त्यसले के हुन्छ ? देशको पैसाचाहिँ सबै घाटामात्रै जान्छ । त्यो पैसा त फिर्ता हुँदैन । त्यो अवस्थामा प्लेन ल्याउने र चलाउने बाहेक अरु विकल्प छैन । गल्ती भएको छ भने छानविन गरेर को–को दोषी हुन्, कारवाही गर्ने निकाय छन् ।
यो प्रक्रियामा जानुपर्छ भन्ने मेरो मान्यता हो । यसमा चाहिँ के छ भने एजेण्टहरुको लडाइँ हुँदोरहेछ । अर्को कोही एजेन्ट थियो होला । उसले भनेअनुसार भएन होला । अनि प्रहारको निशाना बनाउने र अन्यौल सिर्जना गर्ने खालका मान्छेहरु पनि छन,’ मन्त्री अधिकारीले भन्नुभयो ।
अबको एक वर्षमा नेपाल एयरलाइन्सलाई धेरै हिसाबबाट अघि बढाउँछौं,नेपाल एयरलाइन्सलाई डोमेस्टिकमा पनि प्रभावकारी बनाउँदैछौं । २६ वटा नयाँ रुट तय भएका छन् । अन्तरराष्ट्रिय उडानका गन्तव्य विस्तार गर्दैछौं । अब हामी चीनतिर जाँदैछौं । जापानतर्फ जाँदैछौं । युरोपियन युनियनको कालोसूची हटाउने प्रक्रियामा छौं । त्यसपछि युरोतर्फ जान्छौं । राम्रो काम गर्न खोज्दा प्रहार हुने रहेछ,’ मन्त्री अधिकारीको भनाई छ ।
उहाँले तीन बर्ष अघि भएको निर्णय र काममा आफूलाई मुछने काम अत्यन्तै निकृष्ट मानसिकताका साथ भइरहेको पनि बताउनु भयो । ‘वाइडबडी यो ३ वर्षअघिको प्रक्रिया हो । वाइडबडीको सन्दर्भमा धेरै पछाडि अर्थात हामी सरकारमा आएको एक महिनापछि आएको जहाज हो यो । एक महिनामा जहाज आउँछ ? एक महिनामा कलम किन्ने प्रक्रिया पुग्दैन नेपालको सरकारी कार्यालयमा । गाडी किन्न एक वर्ष लाग्छ । यसमा हामीलाई चार्ज लगाउनु त बेकारको, वाहियात कुरा हो,’ अधिकारीले भन्नुभयो ।
उहाँले वाइडबडीको छानविनमा सवैलाई सघाउने र दोषीमाथि कार्वाही हुनैपर्नेअडान राख्नुभयो । ‘वाइडबडीमा अनियमितता देखिँदा खोज्ने, छानविन गर्ने जति पनि संस्था छन्, उनीहरुलाई छानविनमा सघाउँछौं । जे सूचना चाहिन्छ, दिन्छौं । तर, यसको नाममा नेपाल एयरलाइन्सलाई समाप्त पार्ने कामचाहिँ नगरौं । नेपाल एयरलाइन्स प्रभावकारी रुपमा चलाउनुपर्यो । अनियमतिता गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्यो,’ अधिकारीको भनाई छ ।
स्रोत ; जनताटाइम्स
January 2, 2019मा प्रकाशित
Related