पोखराका निजी अस्पतालहरुमा बिवाद चुलीदै, चरक मेमोरियलमा हातहालाहाल
/१९ पुष २०७५, बिहीबार १३:४४ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा।पोखराको पृथ्विचोकस्थित रहेको चरक मेमोरियल अस्पतालका सञ्चालक र डाक्टरबीच आन्तरिक विवाद बढ्ेपछि हातहालाको अवस्थामा पुगेको छ।
दुवै पक्षबीच बढेको बिवादका कारण बुधवार अस्पतालका डाक्टर ऋषिराम ढकाल कुटिएका छन् । अस्पतालका सेयर सदस्य रामचन्द्र रेग्मी लगायतले डाक्टर ढकाललाई कुटेको आरोपमा वडाप्रहरी कार्यलय बैदामले पक्राउ गरेको थियो।
पक्राउ गरीएका रेग्मीलाई बैदाममा एकरात राखिएपछि दुवै पक्षलाई मिलाउले भन्दै सञ्चालकहरुले आग्रह गरेपछि छाडिएको वडा प्रहरी कार्यलयका डिएसपी नवीन कार्कीले बताए। ‘केही सञ्चालकले डाक्टर ऋषि ढकालले कुटपिट गरेको आरोपममा पक्राउ गरेका थियौं’ उनले भने। ‘भोली पल्ट (विहिवार) आन्तरिक कुरा हो, सहमति गछौं भनी दुवै पक्ष सहमत भएपछि छाडेका हौ।’
डिएसपछि कार्कीका अनुसार कुटिएको भनीएका डाक्ट ऋषि ढकालको कुनै घाउ र देखिने चोट भने थिएन। एकपक्षले आफु माथि हातहलिएको र आर्को पक्षले हातपात नगरेको भन्दै दलिल गरेको डिएसपि कार्कीले बताए।
पोखराको नागढुंगामा अत्याधुनिक भवन बनाइरहेको चरकमा केही महिनादेखि सञ्चालकहरुबीच विवाद छ । बुधबार पार्किङको बाहानामा डा. ढकाललाई पिटिए पनि मुख्य कारण भने फार्मेसी र ल्याब सञ्चालन संग जोडीएको बताइएको छ। हाल फार्मेसी रामचन्द्र रेग्मी र कपिलले ल्याब सञ्चालन गदै आएका छन् ।
नयाँ भवनमा अस्पताल सरेपछि फार्मेसी, ल्याब, एक्सरे आदि अस्पतालले नै सञ्चालन गर्नुपर्ने पक्षमा अस्पतालका केही सञ्चालक देखिएका छन् । तर, रामचन्द्र, कपिल र डा. बद्रि भने अहिलेकै सञ्चालकहरुलाई ल्याब, एक्सरे, फार्मेसी सञ्चालन गर्न दिनुपर्ने पक्षमा छन् । यसै बिषयमा उनीहरु बीच कुरा नमिल्दा घटना भएको हो ।
केही समय देखि पोखरामा अस्पताल सञ्चालकहरुको आन्तरिक बिवाद छताछुल्ल हुन थालेका छन। सर्वसाधारण नागरिकलाई सहज र सरलरुपमा स्वाथ्य उपचार गर्ने भनी खोलीएका अस्पतालहरुले आन्तरिक आम्दानीकै बिषयमा झगडा मच्चिने गरेको छ।
केही समय देखि पद्यमनर्सिङ्ग होमका सञ्चालकहरु बीचको बिवाद छताछुल्ल हुदै आएको थियो। अहिले पद्यमनर्सिङ्ग होमको आत्तरिक बिवाद भुसको आगो झै दन्कीरहेको अवस्थामा फेरी चरक मेमोरियलको बिवादले उग्ररुप लिन थालेको छ।
निजी अस्पतालहरुले मनलाग्दो शुल्क उठाएर सर्वसाधारणको ढाढ सेक्ने गरेको गुनाशो बढिरहेको अवस्थामा सरकारले समेत उनीहरुले लिने शुल्क र सेवा प्रबाहमा समेत कडिकडाउ नगरेकै कारण आर्थिक लाभकै लागि झैझगडा बढ्न गएको सर्वसाधारणको बुझाइ छ।
चरक मेमोरियलको पनि केही देखि आन्तरिक बिवाद बढ्दै गएको प्रष्ट छ। हालै भएको अस्पतालको विशेष साधारणसभामा अस्पतालको मुख्य आम्दानीको स्रोतकारुपमा रहेका फर्मेसी र ल्याब सञ्चालनकै विषयमा सञ्चालकहरु बिभाजित भएपछि जगन्नाथ गौतम अध्यक्ष चुनिएका थिए । यसअघि डा. बद्रि पौडेल अस्पतालका अध्यक्ष थिए । तस्बिर नेपालदुतबाट
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा।पोखराको पृथ्विचोकस्थित रहेको चरक मेमोरियल अस्पतालका सञ्चालक र डाक्टरबीच आन्तरिक विवाद बढ्ेपछि हातहालाको अवस्थामा पुगेको छ।
दुवै पक्षबीच बढेको बिवादका कारण बुधवार अस्पतालका डाक्टर ऋषिराम ढकाल कुटिएका छन् । अस्पतालका सेयर सदस्य रामचन्द्र रेग्मी लगायतले डाक्टर ढकाललाई कुटेको आरोपमा वडाप्रहरी कार्यलय बैदामले पक्राउ गरेको थियो।
पक्राउ गरीएका रेग्मीलाई बैदाममा एकरात राखिएपछि दुवै पक्षलाई मिलाउले भन्दै सञ्चालकहरुले आग्रह गरेपछि छाडिएको वडा प्रहरी कार्यलयका डिएसपी नवीन कार्कीले बताए। ‘केही सञ्चालकले डाक्टर ऋषि ढकालले कुटपिट गरेको आरोपममा पक्राउ गरेका थियौं’ उनले भने। ‘भोली पल्ट (विहिवार) आन्तरिक कुरा हो, सहमति गछौं भनी दुवै पक्ष सहमत भएपछि छाडेका हौ।’
डिएसपछि कार्कीका अनुसार कुटिएको भनीएका डाक्ट ऋषि ढकालको कुनै घाउ र देखिने चोट भने थिएन। एकपक्षले आफु माथि हातहलिएको र आर्को पक्षले हातपात नगरेको भन्दै दलिल गरेको डिएसपि कार्कीले बताए।
पोखराको नागढुंगामा अत्याधुनिक भवन बनाइरहेको चरकमा केही महिनादेखि सञ्चालकहरुबीच विवाद छ । बुधबार पार्किङको बाहानामा डा. ढकाललाई पिटिए पनि मुख्य कारण भने फार्मेसी र ल्याब सञ्चालन संग जोडीएको बताइएको छ। हाल फार्मेसी रामचन्द्र रेग्मी र कपिलले ल्याब सञ्चालन गदै आएका छन् ।
नयाँ भवनमा अस्पताल सरेपछि फार्मेसी, ल्याब, एक्सरे आदि अस्पतालले नै सञ्चालन गर्नुपर्ने पक्षमा अस्पतालका केही सञ्चालक देखिएका छन् । तर, रामचन्द्र, कपिल र डा. बद्रि भने अहिलेकै सञ्चालकहरुलाई ल्याब, एक्सरे, फार्मेसी सञ्चालन गर्न दिनुपर्ने पक्षमा छन् । यसै बिषयमा उनीहरु बीच कुरा नमिल्दा घटना भएको हो ।
केही समय देखि पोखरामा अस्पताल सञ्चालकहरुको आन्तरिक बिवाद छताछुल्ल हुन थालेका छन। सर्वसाधारण नागरिकलाई सहज र सरलरुपमा स्वाथ्य उपचार गर्ने भनी खोलीएका अस्पतालहरुले आन्तरिक आम्दानीकै बिषयमा झगडा मच्चिने गरेको छ।
केही समय देखि पद्यमनर्सिङ्ग होमका सञ्चालकहरु बीचको बिवाद छताछुल्ल हुदै आएको थियो। अहिले पद्यमनर्सिङ्ग होमको आत्तरिक बिवाद भुसको आगो झै दन्कीरहेको अवस्थामा फेरी चरक मेमोरियलको बिवादले उग्ररुप लिन थालेको छ।
निजी अस्पतालहरुले मनलाग्दो शुल्क उठाएर सर्वसाधारणको ढाढ सेक्ने गरेको गुनाशो बढिरहेको अवस्थामा सरकारले समेत उनीहरुले लिने शुल्क र सेवा प्रबाहमा समेत कडिकडाउ नगरेकै कारण आर्थिक लाभकै लागि झैझगडा बढ्न गएको सर्वसाधारणको बुझाइ छ।
चरक मेमोरियलको पनि केही देखि आन्तरिक बिवाद बढ्दै गएको प्रष्ट छ। हालै भएको अस्पतालको विशेष साधारणसभामा अस्पतालको मुख्य आम्दानीको स्रोतकारुपमा रहेका फर्मेसी र ल्याब सञ्चालनकै विषयमा सञ्चालकहरु बिभाजित भएपछि जगन्नाथ गौतम अध्यक्ष चुनिएका थिए । यसअघि डा. बद्रि पौडेल अस्पतालका अध्यक्ष थिए ।
तस्बिर नेपालदुतबाट
Related