छात्रा जिस्काएको आरोपमा डाक्टर पक्राउ, मुद्दा दायर गर्ने तयारीमा प्रहरी
/२० पुष २०७५, शुक्रबार ०६:२६ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। मदिरा सेवन गरेर छात्राहरूलाई ‘र्यागिङ’ गर्ने डाक्टर पक्राउ परेका छन्। जानकी मेडिकल कलेज धनुषामा इन्टर्नसीप गरिरहेका डाक्टर राकेश पाण्डे पक्राउ परेका हुन्। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ६ घर भएका पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनले अंग्रेजी नयाँ वर्षका दिन मदिरा सेवन गरेर छात्राहरूलाई जिस्काएको आरोप प्रहरीले लगाएको छ। एमबिबिएस प्रथम वर्षमा भर्ना भएका नयाँ बिद्यार्थी निर्मल कुमार रामलाई गाली गलौज तथा कुटपिट गरी कोठाको कुर्सीसमेत भाँचेको र निज लगायतले नयाँ बिद्यार्थीहरुलाई लाईब्रेरी प्रबेश गर्न नदिने जस्ता उजुरी दिएको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पाण्डेले आफ्नो अगाडिबाट हिँड्दा शिर निहु¥याएर हिड्नुपर्ने, केटीहरुलाई जिस्काउने, कुटपिट गर्ने लगायत मानसिक र शारिरीक यातना हुने गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका डा. पाण्डेलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related