• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘वाइडबडी’बारे उप–समितिले बुझाएको प्रतिवेदनमा विवाद,

  •      /२० पुष २०७५, शुक्रबार १५:४४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौं । नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरीदमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित उप–समितिको प्रतिवेदनलाई लिएर संसदको लेखा समितिमै विवाद भएको छ ।

    कांग्रेसका सांसद राजन केसीको संयोजकत्वका गठित उप–समितिले समितिमा पेश गरेको प्रतिवेदन निष्पक्ष नभएको, अपूर्ण रहेको र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको भन्दै नेकपाका सांसदले आपत्ति जनाएका हुन् ।

    विमान खरिदमा भ्रष्टाचार भएको हुन सक्नेमा सबै सहमत देखिएपनि पर्यटनमन्त्री रवीन्द्र अधिकारी र गृहसचिव प्रेमकुमार राईलाई गरिएको कारबाही सिफारिसमा नेकपा सांसदहरुले प्रश्न उठाएका हुन् । विमान खरिद प्रक्रियाको एउटा मात्रै बैठकमा सहभागी भएका गृहसचिव राई र अन्तिम किस्ता भुक्तानीमा सहमति जनाएका पर्यटनमन्त्री अधिकारीलाई बढी दोषी देखाएर कारवाहीको सिफारिस गरिएकोमा उनीहरुको आपत्ति थियो ।

    विमान खरिदको निर्णय र पहिलो किस्ता दिने समयमा पर्यटनमन्त्री रहेका जीवनबहादुर शाही र जितेन्द्र देवले नैतिक जिम्मेवारी लिए पुग्ने र अन्तिम किस्ता दिएकै भरमा अधिकारीलाई हदैसम्मको कारवाहीको सिफारिस न्यायोचित नभएको भन्दै उनीहरुको प्रतिवेदन सच्याउन माग गरेका हुन् ।

    नेकपा सांसदले प्रतिवेदन हुबहु पारित गर्न नसकिने औंल्याउँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उप–समितिको प्रतिवेदनलाई पूर्णता दिएर पारित गर्नुपर्ने बताएको छ । कांग्रेसका सांसदले दलीय आधारमा हेर्न नहुने भन्दै प्रतिवेदनको बचाउ गर्दा नेकपाका सांसदले सरकारले गठन गरेको उच्चस्तरीय छानविन आयोग र संसदकै अर्को समितिको प्रतिवेदन कुर्नुपर्ने माग गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.