देउवा कांग्रेस, पौडेल कांग्रेस भन्न छाेडेर नेपाली कांग्रेस भन्न नेता पाैडेलकाे आग्रह
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले अब कांग्रेस कार्यकर्ताले देउवा कांग्रेस पाैडेल कांग्रेस भन्न छाेडेर नेपाली कांग्रेस भन्न आग्रह गरेका छन्।
कांग्रेस वडा समितिले सराङकाेटमा आयाेजना गरेकाे कार्यक्रममा कांग्रेसलाई मजबुद बनाउनका लागि अब यसकाे वा त्यसकाे कांग्रेस भन्ने भन्दा पनि नेपाली कांग्रेस भनेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए।
पौडेलले काग्रेसलाई मजवुद काग्रेस बनाएर आफुले राजनीतिबाट अलग हुने पनि बताए। पाैडेलले कम्युनिस्टहरू झुट, स्वार्थी तथा पक्षपाती हुन्छन भन्ने ओली सरकारको कार्यशैलीबाट प्रमाणित भइसकेको दाबीसमेत गरे।
Related