शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ ब्रेज–मेश्रों अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङद्वारा प्रदान गरिएको सो अवार्ड ३ हजार डलर नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ । घान्द्रुकको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै समाजले अध्यक्ष गुरुङलाई अवार्ड प्रदान गरिएको हो ।
उनको नेतृत्वमा गतवर्ष मात्र अन्नपूर्ण आधारशिविरबाट अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव आरम्भ गरी तीन चरणको कार्यक्रम सम्पन्न भइसकेको छ । महोत्सवकै अवसरमा गत जुन ३ तारिखका दिन अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुकसम्म पहिलो अन्नपूर्ण म्याराथन समेत सम्पन्न भएको थियो ।
त्यस्तै गुरुङकै नेतृत्वमा अन्नपूर्ण आधारशिविरमा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको अर्धकदको शालिक निर्माण गरिएको छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली टोलीको नेतृत्व गर्दै हर्जोगले अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) को सफल आरोहण गरी हिमाल आरोहणको इतिहासमा विश्वकीर्तिमानी राखेको सम्झनामा हर्जोगकोशालिक निर्माण गरिएको हो ।
हङकङमा आयोजित विशेष समारोहबीच समाजका अध्यक्ष राम गुरुङले उक्त अवार्डबाट गुरुङलाई सम्मान गरेका हुन् । प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने यस अवार्ड पाँचौं हो ।

Related