• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

छि हाम्रो मानसिकता देख्दा लाग्यो, ‘यो देश सतिले सरापेकै हो

"लाखौंको भीड पनि यति खराब हुन्छ भने भोली नेपाली समाज कता जाला ? "
  •      /२१ पुष २०७५, शनिबार १४:०२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    छि ! हाम्रो मानसिकता देख्दा लाग्यो, ‘यो देश सतिले सरापेकै हो ।’ लाखौंको भीड पनि यति खराब हुन्छ भने भोली नेपाली समाज कता जाला ? रवि लामिछानेको सम्बन्धबिच्छेदको जिन्दगी र अतितका सुख दुख, अन्तरंग सम्बन्धहरुलाई कुरै नबुझी उछालेर हामी आत्मरतीमा मजा लिइरहेका छौं ।

    छि छि ! हाम्रो सोच अनि दृष्टि । हामी संसारका उत्कृष्ट देशका नागरिकको तुलनामा घृणा गर्न पनि लायक रहेनछौं । आज यही समाज भित्र कलिला अबोध बालिका माथि सोच्न न सुन्नै नसक्ने जघन्य अपराध भइरहेको छ । कहिल्यै यसरी ती अपराधी बिरुद्ध यो समाज खनिएको छ ? अहिलेसम्म यही भीडले कसैलाई न्याय दिएको छ ? छैन । किनकी हाम्रो यो समाजको भीड अपराधबाट जन्मिएका सन्तानहरुकै एक जमात भएको स्पष्ट प्रमाणित गरिदिएको छ ।

    एउटा रविले यही समाजमा २-४ जनालाई न्याय दिलाउने बाटो देखाइदियो । कतिको त यही रविले ज्यान बचायो । सरकारको ज्यादती बिरुद्ध आवाज उठायो । दलहरुका अपराध र भ्रष्टाचारलाई उजागर गरिदियो । आज यही रविलाई यो देशबाट फेरी खेद्दैछौं ? थुक्क हामी, थुक्क हाम्रो विवेक । हाम्रो यो घृणित समाजले रविलाई भीरबाट धकेल्दा निम्न कुरा किन ख्याल नगरेको ?

    १. के हरेक माानिसका जीवनमा मित्रता, प्रेम, सम्बन्ध, सम्बन्धबिच्छेद हुँदैन ? यस्ता बिषयमा टिप्पणी गर्ने हामी कस्तो मनोदशाबाट गुज्रिएका छौं ?

    २. १८ बर्ष उमेर पुगेपछि हुने भौतिक र प्रेममय सम्बन्धहरु हाम्रो कानुनले रोकेको छ ? बिकशित मुलुकमा त यो सबैभन्दा ठुलो अधिकार नै मानेको छ । के अब हरेक मानिसका युवाअवस्थाका सम्बन्धहरु कोट्याएर मानिसका निजी जिवनलाई समाप्त पार्न खोज्दैछौं ?

    ३. सम्बन्धबिच्छेद भइसकेपछि त्यो च्याप्टर स्वत समाप्त हुन्छ । संसारमा कहिं सम्बन्धबिच्छेदलाई फेरी ब्युँत्याएर उसलाई बदनाम गर्ने चलन छ ? संसारमा नभएको यो कस्तो अपराध मानसिकता हो ?

    हरेक सम्बन्धहरु सहमतिमै हुन्छन् । यस्ता सम्बन्धहरुमा दुबैजना बराबरी जिम्मेवारी हुन्छन् । सम्बन्धहरु जसरी जोडिन्छन् त्यसरी नै टुट्नु कुनै एकजनाको मात्र दोष हुँदैन । दुबैजना उति नै भागिदार हुन् । यसमा हिंसाको कुरा हुँदैन । दुर्इ जनाबीको असहति मात्र हो ।

    ४. अब्राहम लिंकनले ३ ओटी बिबाह गरे । परिवार सुखद भएन । भगवान गौतम बुद्धले घरै छोडेर हिंडे । नेपालमा सुवास नेम्बाङ, मोहनबिक्रम सिंह, भुवन केसी, उदितनारायण झा लगायतले दोस्रो तेस्रो पटकसम्म बिबाह गरेर आफ्नो जीवनलाई सुखद बनाउने प्रयास गरे ।

    ५. हिंसा त्यो हो जस्ले एउटाले मनोरञ्जन लिन्छ, अर्कोले पीडा भोग्छ । दुबै पीडित हुँदा त्यो हिंसा होइन, असमझदारी मात्र हो । पद, पैसा र शक्तिको आडमा आक्रमण, धम्की, ब्लाकमेल वा बन्धक बनाएमा मात्र त्यो हिंसा हो । सम्बन्धहरुमा हुने तिक्तता कहिल्यै हिंसा हुँदैन ।

    ६. सार्बजनिक ब्यक्ति र सेलिब्रेटीको जिवन अरुलाई चासो हुनु स्वभाविक हो । तर, भित्रको बास्तविकता नबुझी धारणा बनाउनु पनि हिंसा हो ।

    ७. अरुलाई उक्साउने, भड्काउने, हिंसा फैलाउने, गलत बाटोमा धकेलिदिने सबैभन्दा ठुला अपराध हुन् । हरेक मानिसका ब्यक्तिगत जिवनमा कुनै न कुनै रहस्यमय घटना लुकेका हुन्छन् ।

    ८. प्रत्येक मानिसका कुनै न कुनै कमजोरी लुकेका हुन्छन् । त्यो आज नभएपनि भोलिको जिवनको अन्तसम्म अबस्य हुन्छन् । कमजोरी होइन, गुणले समाज र देशलाई के फाइदा दियो त्यो महत्वपूर्ण कुरा हो । त्यसैले २६ सय वर्ष अगाडिका भगवान गौतम बुद्धका कमजोरी हामीलाई याद छैन । तर, उनका ज्ञान हामी सम्झिरहेका छौं ।

    ९. सम्बन्धबिच्छेदले पीडितहरुले नै स्वंय डीडा भोगेका हुन्छन् । किन हामी झन पीडा थपिदिने ? यो अर्को हाम्रो अपराध होइन ? कोही कसैलाई सम्बन्धबिच्छेद गर्न वा आफ्नो परिवार भाँड्न रहर हुँदैन । यसलाई मजाकको बिषय बनाएर नानाथरीका अर्ति, उपदेश, गालि, धारणा बनाएर अन्याय किन गरिरहेका छौं ?

    १०. रवि खराब भएको भए सार्बजनिक जिवनमा आउँदैनथे होला । गिनिजबुकमा नाम लेखाउन त्यो चर्चा बटुल्दैनथे होला । गलत उद्धेस्य राख्ने भए किन यो नाम कमाउनु पथ्र्यो र ?

    गुमनाम भएरै खराब काम गर्दे हिंड्थे होलान् नि । हामी हरेक ब्यक्तिको सफलतालाई चुचुरोबाट तल झार्न अनेक बिषय खोज्छौं । र हाम्रो समाजलाई अझ अन्धकारमा धकेल्न चाहन्छौं । कस्तो बिडम्बना । के आज रवि लामिछानेको सफलता नै शत्रु बनेर पहाड बनिदिएको हो त ?

    साैर्य राष्ट्रिय दैनिकका सम्पमदक त्रिपाठीको फेसबुकबाट साभार

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.