सरकारले बिभेद गरेको भन्दै चिकित्सकद्धारा मन्त्रालय घेराउ
"रक्षकनै भक्षक भएपछि आन्दोलन गर्नुको बिकल्पनै रहेन "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं / कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै सरकारी चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन्।
सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अगुवाईमा आइतबार १० बजेदेखि चिकित्सकहरूले मन्त्रालय घेराउ गरेका हुन्। घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डे कर्मचारी समायोजनमा चिकित्सकहरूलाई सरकारले उपेक्षा गरेको हुनाले आफूहरु आन्दोलनमा आउनुपरेको बताए।
उनले भने, ‘कर्मचारी संमायोजनमा हामी सरकारी चिकित्सकहरुलाई विभेद गरिएको छ। प्रशानशनको कर्मचारीहरुलाई एक तह बढुवा गरेर समायोजमा जाने व्यवस्था गरिएको छ हामी चिकित्सकहरुलाई त्यो पनि छैन जसले गर्दा हामीले समायोजन फारम पनि बहिष्कार गर्दै आन्दोनमा जान बाध्य भएका हौँ।’
थापाथली प्रसूति गृहका प्रमुख डा जाग्गेश्वर गौतमले पनि आफूहरु लामो समय सम्मको अनुभव र सेवा प्रति सरकारले वेवास्ता गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताए।
स्वास्थ्य मन्त्रालयको सचिव चिकित्सकनै हुनुपर्ने, कर्मचारी समायोजनमा सरकारी चिकित्सकहरुलाई एक तह बढुवा गर्नु पर्ने, सरकारी अस्पतालहरुलाई प्रतिष्ठान बनाउन नहुने लगायतका माग राख्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।
Related