• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वाइड बडी विमान प्रकरण : मन्त्री अधिकारीको जिम्मेवारी नैतिक मात्रै, प्रेम राई निर्दोष!

"महोदय नैतिक जिम्मेवावरी भित्र कस्तो कारवाही पर्ला ?  "
  •      /२३ पुष २०७५, सोमबार ०९:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौँ – संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदका सम्बन्धमा भएको आर्थिक अनियमितताका सम्बन्धमा उपसमितिले छानविन गरी तयार पारेको प्रतिवेदन अनुमोदन गरेको छ ।

    लेखा समितिको सोमबार बसेको बैठकले आफूले गठन गरेको उपसमितिले बुझाएको प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरेको हो । अब वाइड बडी विमान खरिदमा दोषी उपर कारवाहीका लागि समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्ने भएको छ ।

    नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले बहालवाला मन्त्री रवीन्द्र अधिकारीसहित दुई पूर्व मन्त्री र मन्त्रालयका सचिव तथा निगमका पदाधिकारीलाई कानुन अनुसार कारवाही गर्न सरिफारिससहितको प्रतिवेदन समितिमा बुझाएको थियो ।

    उपसमितिको प्रतिवेदनमा दुई पूर्व मन्त्री जीवनबहादुर शाही र जितेन्द्र नारायण देवले नैतिक जिम्मेवारी लिनु पर्ने उल्लेख थियो भने बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका सम्बन्धमा भने बद्नियत पूर्वक अन्तिम किस्ताको भुक्तानी दिएको भन्दै कानुन अनुसार कारवाहीका लागि सिफारिस गर्न उल्लेख गरिएको थियो ।

    तर समितिले प्रतिवेदनमा परिमार्जन गरी मन्त्री अधिकारीको सम्बन्धमा पनि दुई पूर्व मन्त्रीहरुलाई जस्तै नैतिक जिम्मेवारी लिनु पर्ने उल्लेख गरेको छ । यसको अर्थ रवीन्द्र अधिकारी नैतिक जिम्मेवारी बाहेकको कारवाहीबाट जोगिने भएका छन् ।

    यस्तै नागरिक उड्डयन सचिव तथा वायु सेवा निगमको सञ्चालक समितिका अध्यक्ष प्रेमकुमार राईका सम्बन्धमा पनि समिति नरम देखिएको छ ।

    उपसमितिको प्रतिवेदनमा दोषी भनिएकोमा समितिले परिमार्जनसहित अनुमोदन गरेको प्रतिवेदनमा दोषी ठहर गर्नु पर्ने अवस्था नरहेको उल्लेख गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.