• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नमुना बिद्यालयको बिरासत जोगाउने योजना बुन्दै महेन्द्र नमूना माध्यमिक विद्यालय

"नमुना विद्यालयकाे नमुना बजेट पाँच बर्षलाई साढे ७५ कराेड "
  •      /२३ पुष २०७५, सोमबार १०:३४ ,  प्रकाशीत
  • सन्ताेष महतारा
    गुल्मी /सदरमुकाम तम्घासमा रहेकोएक विद्यालयले शैक्षिक सत्र २०७५ देखि ०८० सम्मको आफ्नो पञ्चवर्षीय गुरुयोजना प्रस्तुत गरेको छ ।

    सदरमुकाम स्थित रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयले विद्यालयलाई नाम मात्रको नमूना विद्यालय होईन काममा पनि जिल्लाकै नमूना विद्यालय बनाउनको लागि १ सय ८७ पृष्ठको गुरुयोजना समेत तयार पारेको छ।

    गुरुयोजना प्रस्तुत गर्दै प्रधानाध्यापक शरबहादुर थापाले भने ‘नेपाल सरकारबाट २०७४ सालमा जिल्लाकै एउटा नमूना विद्यालयको रुपमा घोषणा भएको विद्यालयलाई सबै मिलेर जिल्लाकै उत्कृष्ट र नमूना विद्यालय बनाउँछौ ।’

    विद्यालयलाई शैक्षिक, भौतिक र आर्थिक रुपमा सबल बनाउने र एक अनुपम उत्कृष्ट नमूना विद्यालय बनाउनका लागि यो गुरुयोजना तयार पारिएको विद्यालयका सहायक प्रधानाध्यापक युवराज ज्ञवालीले जानकारी दिए । विद्यालयको तर्फबाट पाँच वर्षका लागि ७५ करोड २४ लाख ५१ हजार बराबरको बजेट पेश गरिएको छ ।

    जसमा शैक्षिक क्षेत्रमा १५ करोड ५५ लाख ५१ हजार, विद्यालयको भौतिक क्षेत्रमा ४१ करोड २७ हजार व्यवस्थापकिय क्षेत्रमा ३ करोड ६२ लाख ४ हजार र अन्य क्षेत्रमा १५ करोड ६ लाख ६९ हजार बराबरको खर्च गुरुयोजनामा समावेश गरिएको विद्यालयले जनाएको छ । उक्त बजेट सरकारी तथा आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमान गरि गुरुयोजनामा समावेश गरिएको हो ।

    आधुनिक पुस्ताकालय, प्रयोगशाल, छात्रावास र सभाकक्षको निर्माण गर्ने, विद्यालयलाई विद्यार्थी र अभिभावकको रोजाईको केन्द्र बनाउने, विद्यालयका स्रोत साधनहरुको परिचालन गरि आर्थिक रुपमा सबल एवं सक्षम बनाउने र प्राविधिक (कक्षा ९–१२) तर्फको कार्यक्रम सञ्चालन गर्ने पञ्चवर्षीय गुरुयोजनाको उद्देश्य रहेको छ ।

    विद्यालयले तयार पारेको विद्यालय विकासको गुरुयोजना स्वीकृतिका लागि रेसुङ्गा नगरपालिकामा पठाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.