पर्वत प्रहरीको सक्रियता बढ्यो,पोखरामा समातिए पर्वतमा चोरी गर्नेहरु
"सामाजिक सुरक्षामा पर्वत प्रहरी आक्रामक बन्दै "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पर्वत । पर्वतमा चोरी गरी फरार रहेका अभियुक्तहरुलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्वतले मोदी गाउँपालिकाको १ मा एक घरमा चोरी गरेर फरार रहेका अभियुत्तः हरुलाई पोखराबाट पक्राउ गरेको छ ।
गएको पुष ६ गते राती मोदी गाउँपालिका २ पातिचौर स्थित सुविना ढकाल चापागाईँको घरमा चोरी गरेका ४ जनालाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा मोदी गाउँपालिका ३ घर भई हाल कास्की वस्ने राजेश विक,, रुकुमको उत्तरगंगा गाउँपालिका ४ बस्ने वावु वुढामगर, कास्कीको पोखरा लेखनाथ महानगरपालिका १३ वस्ने रन्जु कुमार सुनार र सुन्दर विक रहेका छन ।
घट्ना लगत्तै खोजीमा लागेको प्रहरीले गएको पष २० गते उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुले चापागाईको घरमा रहेको दराज फोडी दराज भित्र राखिएको डेढ तोलाको सुनको माला एउटा, दुई तोलाको सुनको वाला एउटा, सुनको औँठी एउटा, २ ओटा घडी, २ ओटा पन्चरत्ने वाला र नगद ६४ हजार रुपैयाँ चोरी गरेका थिए ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानपछि पर्वत जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
Related