• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शुक्ला साहित्य प्रतिष्ठानले इन्जिनियरिङ्ग साहित्यिक सन्जाल सँग सहकार्य गर्ने

  •      /२३ पुष २०७५, सोमबार १५:३८ ,  प्रकाशीत
  • कृष्ण अन्जान
    शुक्ला साहित्य प्रतिष्ठान वाटुले चौरले विभिन्न साहित्यिक सँघ सँस्था सँग सहकार्यको अवधारणालाइ अगाडि बढाएको छ ।हालै मात्र प्रतिष्ठानको नव निर्र्वािचत कार्यसमितिले पोखरा र यस आसपासका क्षेत्रका साहित्यिक सँघ सँस्था सँग समन्वय गर्ने सँस्थको निर्णय बमोजिम सोमवार ईन्जिनियरिँग साहित्यिक सन्जाल इन्सास पोखरा सँग भेटघाट र वार्ता गरेको छ ।

    शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेल वरिष्ठ उपाध्यक्ष हरि बहादुर वरुवाल द्दितिय उपाध्यक्ष दुर्गा वस्नेत सचिव कृष्ण अन्जान ज्ञवाली सहसचिव गिता भण्डारी र मानार्थ सदस्य नेत्र बहादुर बानियाँ सहितको टोलिले इन्सासका अध्यक्ष कपिल ज्ञवाली उपाध्यक्ष निशान तिमिल्सिना सचिव नितेश रिसाल तथा सदस्य अनिल पौडेल सँग भेट गरि द्दिपक्षिय वार्ता गरेको छ ।

    पछिल्लो समयमा साहित्य क्षेत्रमा खडेरी परेको बेला यी दुई सँस्था विचको सहकार्य साहित्यिक उन्नयनमा कोसेढुँगा सावित हुने शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमन राज पौडेलले बताए ।

    मुख्यतया यि दुइ सँस्थ विच सँयुक्त साहित्यिक कार्यक्रमको आयोजना ,अक्षर यात्रा सन्चालनमा सहकार्य ,साहित्यिक क्षेत्रमा अनुभव आदान प्रदान र विध्यालय स्तर मा साहित्यिक गतिविधि सन्चालनमा सहयात्रा हुने इन्सासका अध्यक्ष कपिल ज्ञवालीले बताए ।

    पाकाहरुको सँस्था शुक्ला साहित्य प्रतिष्ठान र युवा विध्यार्थिको सँस्था इन्सास विचको यो सहयात्राको प्रयासले यश क्षेत्रका साहित्य कला सँस्कृतिको विकासमा योगदान पुग्ने शुक्ला साहित्य प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष हरि ववालले धारणा राखे ।

    पश्चिमान्चल इन्जिनियरिँग कलेजका विध्यार्थिको पहलमा इन्सास २०६८ सालमा स्थापित भइ कलेजका विध्यार्थिका माझमा साहित्यिक गतिविधि चलाउँदै आएको छ भने शुक्ला साहित्य प्रतिष्ठान २०४५ सालमा वाटुले चौरमा जनकवि केशरि धर्मराज थापाको पहलमा स्थापित साहित्यिक सँस्था हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.