• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महोत्सवको तयारी पुरा,जुलोजिकल पार्क जान निशुल्क बस

"महोत्सव अवधिभर जुलोजिकल पार्क जान निशुल्क बस  "
  •      /२४ पुष २०७५, मंगलवार १३:५९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । नवौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । आयोजक युनाइटेड क्लवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी पुस २७ देखी माघ ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

    स्थापना कालदेखी पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लवले आयोजन गर्न लागेको नवौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत महोत्सव आयोजक मुल समारोह समितीका संयोजक तथा क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

    क्लवले नौ वर्षको अवधिमा गरिव तथा जेहेन्दार विद्याथीहरुको शिक्षाको लागी गण्डकी प्रदेशभित्रका १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोषको स्थापना गरिसकेको वताउदै अध्यक्ष गुरुङले विभिन्न ग्रामीण क्षेत्रमा रहेका आर्थिक अभाव भइ स्वास्थ्य लाभ लिन नसकेकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरिरहेको वताए ।

    नवौ संस्करणको पोखरा महोत्सवमा यसपटक युनाइटेड क्लवको पहलकदमीमा पोखराको लेखनाथ पचभैयामा निर्माणधिन ज्योलोजिकल पार्कको अवलोकनको ब्यवस्था मिलाइने भएकोछ। । पचभैया जाने दर्शकका लागी निशुल्क वसको ब्यस्था मिलाइएको क्लवका संस्थापक अध्यक्ष तथा पोखरा ज्योलोजिकल पार्कका अध्यक्ष हिमाले बख्रेलले वताए ।

    स्थापना कालदेखी पोखरामा मानवनिर्मित खुल्ला चिडियाखानाको निर्माण हुनुपर्दछ भन्ने अवधारणा अनुरुप क्लवको पहलमा लेखनाथको पचभैयामा ४५ लाख ८५ हजार रुपैया र विभिन्न सरकारी निकायको सहयोगमा ज्योलोजिकल पार्क निर्माणको काम तीब्र गतिमा अगाडी वढेको बख्रेलले वताए ।

    बख्रेलका अनुसार पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१, र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा पशुपंछी उद्दार केन्द्रको लागी भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजिकरणको लागी बाटो निर्माण कार्य अगाडी बढेको छभने मृगस्थली , बाघ राख्ने खोर निमार्ण सम्पन्न भईसकेको छ/

    गण्डकी प्रदेश सरकारको सहयोग र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालयको प्रत्यक्ष निगरानी मा थप चरा ,मृग, बाँदर,हिमालयन थार र भालुको ठूला —ठूला इनक्लोजरहरु, वन्यजन्तुको लागी पानी ट्याक्की ,घाईते वन्यजन्तुको उपचार कक्ष,विरामी वन्यजन्तु बोक्ने स्टेचर विभिन्न इनक्लोजर सम्म पूग्ने गोरेटो बाटो र प्रवेशद्धार निमार्णको लागी कार्य अगाडी बढी सकेका छ ।

    क्लवले गर्दै आएको सामाजिक क्रियाकलाप अन्तर्गत सेती नदी संरक्षण कार्यक्रमलाई अभियानकै रुपमा अगाडी वढाउदै नवौ संस्करणको पोखरा महोत्सवमा पनि प्रति टिकटबाट एक रुपैया छुट्याइने महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले वताए । थापाका अनुसार यो वर्ष देखी विपद ब्यवस्थापनका लागी अक्षयकोष स्थापना गरेको र हाल सम्म पोखराका विभिन्न सडकहरुलाई लक्षित गरी १ सय ५० वटा सौर्यबत्ती जडान गरिएको छ ।

    पोखराको सेती नदीलाई फोहोरबाट बचाउन तथा शान्ती सुरक्षाको सुनिश्चितता गर्ने उद्धेश्य सहित पृथ्वीचोक र बुद्धचोक जोडने सेती नदी पुलमा सि.सि क्यामरा जडान गरिएको थापाको भनाइ छ ।

    त्यसैगरी महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरु बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, कोमल वली, रामजी खांड, राधिका हमाल, प्रीति आले, ज्योती मगर, लगायतका कलाकार र लोकल ब्याण्डहरुको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

    महोत्सव अवधिभर हास्य ब्याङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरिय लोक दोहोरी प्रतियोगिता, झाकी प्रतियोगिता र विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहने वताउदै श्रेष्ठले महोत्सवमा सुरक्षाको उचित प्रबन्धको ब्यवस्था गरिएको छशुल्क वाइफाइ,भने पार्किङ, शौचालय लगायतको ब्यवस्था गरिएको वताए ।

    २ सय ५० वटा स्टल रहने महोत्सवमा दुई लाख देखी दुइ लाख ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छभने १ करोड २६ लाख १० हजार अनुमानित आम्दानी र ८७ लाख ५० हजार खर्च गरी ३८ लाख ६० हजार वचत गर्ने अनुमान आयोजकले गरेको छ ।

    महोत्सवमा सर्वसाधरणलाई ८० र बिद्यार्थीलाई ६० रुपैया टिकटदर कायम गरिएको छभने अपाङ्ग, बृद्धबृद्धा, एकल महिला, पत्रकार र सुरक्षा निकायलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ ।

    महोत्सवको मुख्य प्रायोजकमा जगदम्बा स्टील प्रा.लि.,विशिष्ट प्रायोजकमा रारा तयारी चाउचाउ, प्रयोजकहरुमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्र्ेनिङ कन्सल्टेन्सी, लुम्विनी विकाश बैंक लि.,गण्डकी विकास बैंंक,अफिसियल इन्टरनेट वर्ड लिङ्क ,अफिसियल होटल पोखरा होम्स लगायत रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.