• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लाइसेन्स छपाइमा चमत्कार ३ लाख बढी छापिए, १५ दिनमा सबै छापिसक्ने

"लाइसेन्स छपाइमा चमत्कार भएकै हो त ? "
  •      /२४ पुष २०७५, मंगलवार १५:२३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ।यातायात व्यवस्था विभागबाट लाइसेन्स छाप्ने जिम्मा पाएको मालिका इन्कर्पोरेट प्रालीले ३ लाख भन्दा बढी लाइसेन्स छापिसकेको छ।

    सुरुवाति दिनमा ‘डाटामा समस्या आएकाले छपाइमा केही ढिलो भएपनि अहिले दैनिक १५ हजार लाइसेन्स छपाई भइरहेको मालिका इन्कर्पारेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले जानकारी दिए।बढीमा १५ दिन भित्र आफूले जिम्मा पाएको ५ लाख लाइसेन्स छापिसक्ने ढकालले दाबी गरे।

    ‘३ लाख भन्दा बढी लाइसेन्स छापे पनि सबै विभागलाई ‘ह्याण्डओभर’ गरिसकेको भने छैन,छिट्टै सबै लाइसेन्स विभागको जिम्मा लगाउँछौ’ ढकालले भने।

    उता, विभागले मालिकालाई ५ लाख लाइसेन्स छाप्न पुस २८ गते सम्म समय दिएको छ। लाइसेन्स छाप्न डाटामा आएको समस्याको कारण ४५ दिनको अवधि कटे पनि ३० दिन समय थप गरी पुस २८ गतेसम्मको अवधि दिइएको विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए।

    ‘हामीले समस्या बुझ्दै समय थपिदिएका हौँ, मालिकाले सो मितिसम्म जति छाप्छ छाप्छ, त्यसपछि बाकिँ रहेको कार्ड विभाग आफैले छाप्छ’ उपाध्यायले भने। विभागले २८ गते समय सिमा तोकिदिए पनि मालिकाले भने अरु १५ दिन समय लाग्ने जनाएको छ।

    ‘सुरुमा तोकिएको समयसिमामा डाटामा आएको समस्याको कारण राम्रोसँग कामै गर्न सकिएन, समस्या हटेको दिनबाट ३० दिन थप हुनुपर्नेमा समग्रमा ३० दिन थप भएको छ’ ढकालले भने ‘विभागले यो समस्या बुझ्यो भने १५ दिन भित्र हामी जसरी पनि सबै लाइसेन्स छापिसक्छौ,’।
    सेतोपाटी

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.