शुभेच्छा न्यूज संम्वाददाता
तनहुँ । व्यास नगरपालिकाको तालघरेमा दिउँसो दुर्घटना भएको छ । तालघरेमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा व्यास ११ बस्ने वर्ष २२ को मोटरसाइकल चालक दिपेन्द्र क्षेत्री रहेको जिल्ला प्रहररी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँको डुम्रे बाट पोखरा तर्फ आउदै गरेको बा ८७ प ७८४६ नम्बरको मोटरसाइकल र पोखरा बाट चितवन जादै गरेको ना ३ ख ७५४७ नम्बरको बस एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
घाइतेको दमौली स्थित रत्नहरि अस्पतालमा सामान्य उपचार पछि पोखरा रिफर गरिएको प्रहरीले जानकारि दिएको छ । घाइते क्षेत्रीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।

Related