शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी खरिदका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन मन्त्रालय सम्हालेकै बेला पहिलो भुक्तानी भएको खुलेको छ ।
सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनमा २०७४ साल जेष्ठ २९ गते पहिलो किस्ता पठाएको खुलेको हो । देउवा जेष्ठ २४ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सो समयमा तत्कालीन प्रधानमन्त्री देउवाले नै संस्कृति, पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तर, उपसमितिले सो समयमा मन्त्री नभएका कांग्रेसका अर्का तथा तत्कालीन फोरम लोकतान्त्रिकका नेता जितेन्द्रदेवलाई नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ ।
जितेन्द्रदेवलाई देउवाले साउन २ गते मन्त्रीमा नियुक्त गरेका थिए । उनले सार्वजनिक विज्ञप्ति नै निकालेर आपूm मन्त्री नै नभएको समयमा भएको कामको कसरी नैतिक जिम्मेवारी लिने भन्ने प्रश्न उब्जाएका थिए ।
उपसमितिले देउवालाई उल्लेख नै नगरी तत्कालिन मन्त्री देवलाई कारवाही गर्नुपर्ने सिफारिस गरेको छ । यसविषयमा नेपाली कांग्रेसकै बैठकमा पनि कुरा उठेको छ । संसदीय दलका नेता तथा पार्टी सभापति देउवाको नाम पनि जोडिएपछि पार्टी भित्रै कुरा उठेको हो ।
उनी प्रधानमन्त्रीसहित पर्यटन मन्त्रालय सम्हालेका बेलामा पहिलो किस्ता भुक्तानी भएको भन्दै देउवाले पनि नैतिक जिम्मेवारी लिनुपर्ने चर्चा हुन थालेको हो । संसदीय दलको मंगलबार बसेको बैठकमा पनि कांग्रेस सांसदहरूले देउवालाई प्रश्न गरेका थिए । सांसदको यो प्रश्न सुनेपछि देउवा कड्किएको स्रोतले जानकारी दिएको छ । सांसद जीप छिरिङ शेर्पाले सभापति देउवा पनि वाइडबडी प्रकरणमा संलग्न भएको चर्चा हुँदा पनि किन स्पष्टीकरण नदिएको भन्दै प्रश्न गरेका थिए ।
उनको प्रश्नको जवाफ दिँदै देउवाले आफू यो प्रकरणमा कहीँ पनि संलग्न नभएको भन्दै आफ्ना सांसदहरूलाई स्पष्टीकरण दिएको एक नेताले जानकारी दिएका छन् । ‘मैले पनि पत्रपत्रिकामा पढेको छु । पत्रकारहरूले जे पनि लेख्छन । सबैभन्दा पहिला संसदमा यो विषयमा बोल्ने मान्छे नै मै हुँ’, देउवाकोको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसकारण हाम्रो पार्टीको मान्छे नै किन संलग्न नहोस तर कारबाही हुनुपर्छ । अन्तिम समयसम्म म लड्छु । तर नेपाल वायुसेवा निगमलाई टाठ पल्टन दिन हुँदैन ।’
यस्तै, केही सांसदहरूले संसदीय दलको नेता नै संसदमा उपस्थित नहुँदा प्रतिपक्षीको भूमिका कमजोर जस्तो देखिएको भन्दै सभापतिको ध्यानकर्षण गराएका थिए। सांसदको दुखेसो सुनेपछि देउवाले अब आफू सधैँ संसद बैठकमा उपस्थित हुने आश्वासन दिए । ‘समयले भ्याएसम्म म सधैँ उपस्थित हुन्छु’, बैठकमा देउवाले भने, ‘तर नभ्याएमा तपाईंहरू पनि सशक्त रूपमा प्रस्तुत हुनुहोस ।’
छाया सरकार गठन गर्ने
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १० महिनापछि कांग्रेसले छाया सरकार गठन गर्ने भएको छ । प्रमुख प्रतिपक्षीको भूमिका पाएको कांग्रेसले ओली नेतृत्वमा सरकार बने लगत्तै छाया सरकार गठन गर्ने घोषणा गरेको थियो । तर, अहिलेसम्म सो कुरा अगाडी बढ्न सकेको थिएन । सरकारको कामकारबाहीको निगरानी गर्न संसदीय दलको विधानमै छाया सरकारको व्यवस्था गरेको कांग्रेसले १० महिनापछि मात्रै छाया सरकारका लागि तयारी गरेको हो ।
संसदीय दलको बैठकमा सांसद गगनकुमार थापाले छाया सरकारको विषय उठाएपछि संसदीय दलका नेता तथा सभापति देउवाले छाया सरकार बनाउन आफू तयार भएको बताए । उनले जसका लागि आवश्यक तयारी गर्न पनि निर्देशन दिए । उनले छाया मन्त्री बन्न चाहने सांसदहरूलाई नाम दिन पनि निर्देशन दिए ।
‘छाया सरकारका लागि मन्त्रीमा बस्न चाहनेको नाम माग्ने निर्णय भयो, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकपछि भने, ‘एक हप्ताभित्र छाया सरकार गठन गर्ने तयारी छ ।’ एकजना सांसदले आफूलाई मन परेको तीनवटा मन्त्रालयको नाम समावेश गरेर संसदीय दलमा बुझाउन सकिने कांग्रेसले जनाएको छ । sorce : sourya daily
शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी खरिदका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन मन्त्रालय सम्हालेकै बेला पहिलो भुक्तानी भएको खुलेको छ ।
सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनमा २०७४ साल जेष्ठ २९ गते पहिलो किस्ता पठाएको खुलेको हो । देउवा जेष्ठ २४ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सो समयमा तत्कालीन प्रधानमन्त्री देउवाले नै संस्कृति, पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तर, उपसमितिले सो समयमा मन्त्री नभएका कांग्रेसका अर्का तथा तत्कालीन फोरम लोकतान्त्रिकका नेता जितेन्द्रदेवलाई नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ ।
जितेन्द्रदेवलाई देउवाले साउन २ गते मन्त्रीमा नियुक्त गरेका थिए । उनले सार्वजनिक विज्ञप्ति नै निकालेर आपूm मन्त्री नै नभएको समयमा भएको कामको कसरी नैतिक जिम्मेवारी लिने भन्ने प्रश्न उब्जाएका थिए ।
उपसमितिले देउवालाई उल्लेख नै नगरी तत्कालिन मन्त्री देवलाई कारवाही गर्नुपर्ने सिफारिस गरेको छ । यसविषयमा नेपाली कांग्रेसकै बैठकमा पनि कुरा उठेको छ । संसदीय दलका नेता तथा पार्टी सभापति देउवाको नाम पनि जोडिएपछि पार्टी भित्रै कुरा उठेको हो ।
उनी प्रधानमन्त्रीसहित पर्यटन मन्त्रालय सम्हालेका बेलामा पहिलो किस्ता भुक्तानी भएको भन्दै देउवाले पनि नैतिक जिम्मेवारी लिनुपर्ने चर्चा हुन थालेको हो । संसदीय दलको मंगलबार बसेको बैठकमा पनि कांग्रेस सांसदहरूले देउवालाई प्रश्न गरेका थिए । सांसदको यो प्रश्न सुनेपछि देउवा कड्किएको स्रोतले जानकारी दिएको छ । सांसद जीप छिरिङ शेर्पाले सभापति देउवा पनि वाइडबडी प्रकरणमा संलग्न भएको चर्चा हुँदा पनि किन स्पष्टीकरण नदिएको भन्दै प्रश्न गरेका थिए ।
उनको प्रश्नको जवाफ दिँदै देउवाले आफू यो प्रकरणमा कहीँ पनि संलग्न नभएको भन्दै आफ्ना सांसदहरूलाई स्पष्टीकरण दिएको एक नेताले जानकारी दिएका छन् । ‘मैले पनि पत्रपत्रिकामा पढेको छु । पत्रकारहरूले जे पनि लेख्छन । सबैभन्दा पहिला संसदमा यो विषयमा बोल्ने मान्छे नै मै हुँ’, देउवाकोको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसकारण हाम्रो पार्टीको मान्छे नै किन संलग्न नहोस तर कारबाही हुनुपर्छ । अन्तिम समयसम्म म लड्छु । तर नेपाल वायुसेवा निगमलाई टाठ पल्टन दिन हुँदैन ।’
यस्तै, केही सांसदहरूले संसदीय दलको नेता नै संसदमा उपस्थित नहुँदा प्रतिपक्षीको भूमिका कमजोर जस्तो देखिएको भन्दै सभापतिको ध्यानकर्षण गराएका थिए। सांसदको दुखेसो सुनेपछि देउवाले अब आफू सधैँ संसद बैठकमा उपस्थित हुने आश्वासन दिए । ‘समयले भ्याएसम्म म सधैँ उपस्थित हुन्छु’, बैठकमा देउवाले भने, ‘तर नभ्याएमा तपाईंहरू पनि सशक्त रूपमा प्रस्तुत हुनुहोस ।’
छाया सरकार गठन गर्ने
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १० महिनापछि कांग्रेसले छाया सरकार गठन गर्ने भएको छ । प्रमुख प्रतिपक्षीको भूमिका पाएको कांग्रेसले ओली नेतृत्वमा सरकार बने लगत्तै छाया सरकार गठन गर्ने घोषणा गरेको थियो । तर, अहिलेसम्म सो कुरा अगाडी बढ्न सकेको थिएन । सरकारको कामकारबाहीको निगरानी गर्न संसदीय दलको विधानमै छाया सरकारको व्यवस्था गरेको कांग्रेसले १० महिनापछि मात्रै छाया सरकारका लागि तयारी गरेको हो ।
संसदीय दलको बैठकमा सांसद गगनकुमार थापाले छाया सरकारको विषय उठाएपछि संसदीय दलका नेता तथा सभापति देउवाले छाया सरकार बनाउन आफू तयार भएको बताए । उनले जसका लागि आवश्यक तयारी गर्न पनि निर्देशन दिए । उनले छाया मन्त्री बन्न चाहने सांसदहरूलाई नाम दिन पनि निर्देशन दिए ।
‘छाया सरकारका लागि मन्त्रीमा बस्न चाहनेको नाम माग्ने निर्णय भयो, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकपछि भने, ‘एक हप्ताभित्र छाया सरकार गठन गर्ने तयारी छ ।’ एकजना सांसदले आफूलाई मन परेको तीनवटा मन्त्रालयको नाम समावेश गरेर संसदीय दलमा बुझाउन सकिने कांग्रेसले जनाएको छ ।
sorce : sourya daily
Related