शुभेच्छा न्यूज संम्वाददाता पोखरा
पोखरा । लायन्स क्लब अफ पोखरा पिस टाउनले क्लब स्थापनाको ६औं स्थापना दिवस मनाएको छ । मंगलवार क्लबले स्थापना दिवस (चार्टर नाइट) मनाएको छ। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गत सो क्लव महिलाहरु आबद्ध रहेको क्लव हो।
कार्यक्रमका प्रमुख अतिथि एवं डिष्ट्रिक्टका चिफ पिआरओ परमेश्वर बरालले पिस टाउनले समाजमा गरेका मानविय सेवाका कार्यहरु उष्कृष्ठ भएको बताए । उनले एउटा क्लब अध्यक्ष एक्टीभ भएको अवस्थामा क्लबले कति काम गर्न सक्दो रहेछ भन्ने कुरा पिस टाउनले प्रमाणीत गरेको बताए।
कार्यक्रममा क्लबका एक्टेन्सन चेयरपर्सन एवं डिष्ट्रिक्ट एड्भाईजर सुदिपराज ढुंगाना, क्लबका रिजन चेयरपर्सन कृष्ण आचार्य, क्लबका गाईडिङ लायन एवं जोन २९ का जोन चेयरपर्सन टंकराज अधिकारी लगायतले बोलेका थिए ।
क्लबका अध्यक्ष डाक्टर विनिता कोईरालाकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक लगाएत अन्य लायन्स सदस्यहरुलाई सो अवसरमा सम्मान गरिएको थियो ।

Related