सन्तोष महतारा गुल्मी ।गुल्मी कांग्रेसको यहि पुस २८ र २९ गते गर्ने भनेको प्रथम जिल्ला सम्मेलन हाललाई स्थगित गरिएको छ।यहि पुस २८ र २९ गते गर्ने भनिएको जिल्ला सम्मेलन तथा प्रशिक्षण कार्यक्रम महासमितिबाट पारित नयाँ बिधान बमोजिम गर्नुपर्ने भएको र अन्य प्राविधिक कारले हाललाई स्थगित गरिएको जानकारी पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले दिए।
नयाँ बिधान बमोजिम छिट्टै हरेक तहमा कार्यक्रम सन्चालन गर्नुपर्ने ,मौसम प्रतिकुलता र अन्य बिबिध कारणले यसपटक सम्मेलन स्थगित गरिएपनि यथासिघ्र सम्मेलन गर्नका लागि आफू प्रतिबद्ध रहेकोे सभापति श्रेष्ठले बताए।
नेपाली कांग्रेस गुल्मीले यस अघि पनि मङ्सिर २० र २१ गते गर्ने भनिएको सम्मेलन महासमिति बैठकका कारण केन्द्रीय सभापति शेर बहादुर देउवा ,बरिस्ठ नेता रामचन्द्र पौडेल लगायतका केन्द्रीय नेताको अनुपस्थित हुने भएपछी नयाँ मिति तोकेको थियोे ।
हाललाई स्थगित गरिएको सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई केन्द्रबाट बिधान प्राप्त हुन साथ नयाँ मिति तय गरि सम्पन्न गरिने जानकारी सचिव खिलध्वज पन्थीले दिए।
उनले सम्मेलन स्थगित भए पनि जिल्लाका हरेक तहमा पार्टीका नियमित संगठन बिस्तार र अन्य बिकास गतिविधि भने सन्चालन भैरहने बताए।
सन्तोष महतारा
गुल्मी । गुल्मी कांग्रेसको यहि पुस २८ र २९ गते गर्ने भनेको प्रथम जिल्ला सम्मेलन हाललाई स्थगित गरिएको छ।यहि पुस २८ र २९ गते गर्ने भनिएको जिल्ला सम्मेलन तथा प्रशिक्षण कार्यक्रम महासमितिबाट पारित नयाँ बिधान बमोजिम गर्नुपर्ने भएको र अन्य प्राविधिक कारले हाललाई स्थगित गरिएको जानकारी पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले दिए।

Related