शुभेच्छा न्यूज संम्वाददाता
पोखरा – माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले पुष २५ गतेको निर्णयबाट माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गण्डकी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधवार सार्वजनिक सूचना प्रकाशित गरि उक्त दिन प्रदेशस्थित सबै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय सस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।
यस अघि प्रदेश सरकारले गुरुङ समुदायको ल्होछार पर्वको अवसरमा पुष १५ मा बिदा दिदा बैंक तथा वित्तीय सस्था उल्लेख गरेको थिएन । जसका कारण उक्त दिन प्रदेशका बैंक तथा वित्तीय सस्थाहरु खुलेका थिए ।

Related