सरकारको स्वणिमकाम अब नेपाल जापान सीधा हवाई सम्पर्क
"सफलता चुम्दै सरकार "
/२५ पुष २०७५, बुधबार १६:०३ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं : नेपाल र जापानबीच हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। बुधबार जापानी विदेशमन्त्री तारो काेनो र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
अन्तराष्ट्रिय उडान गर्ने नेपाली वायु सेवाले जापान उडानका लागि प्राविधिक काम अगाडि बढाउन यो समझदारीले बाटो खुलेको छ। जापानी विदेशमन्त्री काेनोले नेपालको राष्ट्रिय ध्वजावाहकलाई जापान उडानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। याेसँगै अब नेपाल जापान सीधा हवाई सम्पर्क हुने भएकाे छ ।
त्यस्तै नेपाल र जापानबीच परराष्ट्र मामिला तथा सहयोग आदानप्रदानलाई थप प्रभावकारी बनाउन द्विपक्षीय मञ्च निर्माणा गर्ने सम्बन्धमा परराष्ट्र सचिव शंकरदाश वैरागी तथा नेपालका लागि जापानी राजदूत माचामिची साइगोले हस्ताक्षर गरेका छन्।
सँगै नेपाली कामदारलाई जापानमा रोजगारिका लागि पठाउने सम्बन्धमा दुई देशको प्राविधिक टोलीले निकट भविष्यमा काम अघि बढाउने सम्बन्धी छलफल पनि भएको छ।

Related