• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका मुख्यमन्त्रीको पारिवारीक मोह : आफ्नै छोरीलाई स्वकीय सचिव, भाइ कार्यालय सहयोगी

"अवसर दिने केन्द्रीय नेता, चुनाव जिताउने कार्यकता र जनता अबसर पाउने परिवार गज्जबछ नेता ज्यू "
  •      /२६ पुष २०७५, बिहीबार १०:०६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता.
    पोखरा । प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६० हजार ९ सय ७० रुपैयाँ पारिश्रमिक र अन्य सुविधासहित राजपत्रांकित द्वितीय स्तरको १ जना र शाखा अधिकृतस्तरको १ गरी २ जना स्वकीय सचिव राख्न पाउँछन्।

    प्रदेशसभाले पारित गरेको ऐनमा मुख्यमन्त्रीले २ जना कार्यालय सहयोगी सरकारी खर्चबाट बेहोर्ने गरी राख्न पाउँछन्। यही सुविधा लिएर गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले छोरीलाई स्वकीय सचिव र भाइलाई कार्यालय सहयोगीमा नियुक्त गरेका छन्।

    मुख्यमन्त्री गुरुङले शाखा अधिकृतस्तरको स्वकीय सचिव भने आफ्नै छोरी एलिना गुरुङलाई राखेका छन् । छोरी एलिना गुरुङले मुख्यमन्त्रीकी स्वकीय सचिवका रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कात्तिकसम्मको पारिश्रमिक बुझेकी छन्। शाखा अधिकृतस्तरको स्वकीय सचिवको पारिश्रमिक ३० हजार ५ सय रुपैयाँ छ।

    मुख्यमन्त्रीको २ जना कार्यालय सहयोगीमध्ये एकजना उनकै भाइनाताका छन्। उनका भाइ भीमबहादुर गुरुङले मासिक पारिश्रमिकका रुपमा १६ हजार २ सय रुपैयाँ बुझ्दै आएका छन्। उनले निवासमा मुख्यमन्त्री निवासमा काम गर्छन्।

    यसैबीच गण्डकी प्रदेश सरकारका मन्त्री र उनीहरुका स्वकीय सचिवले दैनिक भ्रमणभत्ता बापत ८ लाख ६६ हजार रुपैयाँ बुझेका छन्। साउनयता मुख्यमन्त्रीसहित ६ मन्त्री र उनका स्वकीय सचिवले दैनिक भ्रमण भत्ताबापत यो रकम बुझेका छन्।

    मुख्यमन्त्री गुरुङले साउनयता २ लाख ९ हजार २५ रुपैयाँ आन्तरिक भ्रमण भत्ता बुझेका छन्। मुख्यमन्त्रीले स्वदेश भ्रमणमा दैनिक ३ हजार रुपैयाँ र विदेश भ्रमण गर्दा दैनिक २ सय ५० डलर र मन्त्रीले नेपालभित्र भ्रमण गर्दा २ हजार ५ सय र विदेशमा भ्रमण गर्दा १ सय ७५ अमेरिकी डलर दैनिक भत्ता पाउने कानुनी व्यवस्था छ। मुख्यमन्त्री र मन्त्रीले अहिलेसम्म विदेश भ्रमण भत्ता भने लिएका छैनन्।

    मुख्यमन्त्रीले २ सय ५० लिटर डिजेल, मोविल १० लिटर, एउटा गाडी, सञ्चारका लागि ५ हजार, अतिथि सत्कारमा ४० हजार र धारा बिजुलीको बिलअनुसार रकम पाउने ऐनको व्यवस्था छ। प्रदेश सरकारले मन्त्री र स्वकीय सचिवलाई जिल्लाबाहिर कार्यक्रममा सहभागी हुन जाँदाको भ्रमणभत्ता उपलब्ध गराउँदै आएको छ। सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले अहिलेसम्म नियमअनुसारकै भ्रमण भत्ता बुझ्दै आएको प्रवक्ता रामशरण बस्नेतले बताए।
    sorce spacekhabar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.