सीमा क्षेत्र दशगजामा भारतीय एसएसबीले चलायो गोली, दुई पक्राउ
"भारतीयको दादागिरी पराकाष्ट "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
कञ्चनपुर / नेपाल–भारत सीमा क्षेत्र दशगजामा आपसी विवादमा भारतीय एसएसबीका जवानहरूले गोली चलाएका छन्। मदिरा सेवनपछि एसएसवीका जवानहरूबीच विवाद हुँदा बिहीवार साँझ कञ्चनपुरको महाकाली नगरपालिका–१० को कुत्तियाकभर नजिक दशगजामासीमा स्तम्भ नं २१ नजिक ११ राउण्ड गोली चलाएको स्थानीय बासिन्दाले बताए।
गोली चलाउने दुवै जवानलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ। लगातार गोलीको आवाज आउन थालेपछि सशस्त्र प्रहरी बल विओपी दोधारा चाँदनी र इलाका प्रहरी कार्यालय दोधाराको टोली सीमा क्षेत्र पुगेको थियो। सीमा क्षेत्रमा गोली चलेपछि सशस्त्र प्रहरी र इप्रका जवानले सुरक्षा दिइरहेका छन्।
‘सीमा क्षेत्रमै एसएबीका जवानबीच विवाद हुँदा गोली चलाइएको बुझिएको छ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने, ‘भारतीय क्षेत्रमै हो। नेपालतर्फ केही भएको छैन।’ नेपालतर्फ कुनै किसिमको त्रासको वातावरण नभएको उनले बताए।
एसएसबीका जवानले चलाएको गोलीका ६ वटा खोका स्थानीय टेक बहादुर सुनारको आँगनमा फेला परेका छन्।
Related