१० लाखको लागतमा फेवातालमा उद्धारकार्यका लागि नयाँ मोटरबोट
"फेवातालमा हुने दुर्घटनाको अब तत्कालै उद्वार हुने सम्भावना बढ्यो "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । पोखराको फेवातालमा उद्धारकार्यका लागि १० लाखको लागतमा नयाँ मोटरबोट संचालनमा ल्याइएको छ ।प्याराग्लाइडिङमा हुने सम्भावित दर्घटनालाई न्यूनीकरण गर्न नेपाल हवाई खेलकुद संस्था (ना) नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, पाइलट क्लब र एक्रो क्लबको पहलमा पोखराको फेवातालमा नयाँ मोटरबोट संचालनमा ल्याइएको हो ।
छिमेकी देश चीनबाट ल्याइएको उक्त मोटरबोट १५ हर्ष पावरको रहेको र उद्धारका लागि निकै सहज हुने पाइलट क्लबका उपाध्यक्ष सुवाश थापाले बताए । उनले भने–“ना ले ल्याएको पुरानो मोटरबोटले खासै राम्रो संग काम नदिएकोले विभिन्न संघ संस्था र व्यक्तीको पहलमा यो नयाँ मोटरबोट ल्याएका हौं ।” नयाँ मोटरबोटबाट फेवातालमा हुने आकश्मिक दुर्घटनालाई न्यूनीकरण गर्न सजिलो हुने उनको भनाई थियो ।
मोटरबोटको शनिवार एक कार्यक्रमका बिच पोखरा महानगरपालिका -१८ का वडाअध्यक्ष रणबहादुर थापाले रिबन काटेर सुरुवात गरे । कार्यक्रममा बोल्दै वडाअध्यक्ष थापाले फेवातालमा हुने प्याराग्लाइडिङ संग सम्वन्धित दुर्घटना मात्र नभएर अन्य सम्भावित दुर्घटनाका लागि मोटरबोटले सहज पुर्याउने बताए ।
उनले महानगर संगको पहलमा मोटरबोटबाट संचालन र संरक्षणका लागि एक जना कामदार खटाउने विषयमा आफूले यथासिघ्र पहल थाल्ने समेत बताए ।
नेपाल खेलकुद संस्था (ना)का अध्यक्ष योगश भट्टराईले ना ले पोखराको हवाई खेलकुदलाई जोखिम मूक्त बनाउन प्रयास गरिएको बताउँदै नयाँ मोटर बोट संचालनले यसमा ठूलो सहयोग पुग्ने बताए । अध्यक्ष भट्टराईले –“हामी फेवातालमा हुने आकश्मिक दुर्घटना रोक्न हरसम्भव प्रयास गर्दैछौ यसका लागि सबैको साथ र सहयोगको खाँचो छ ।”
नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशव पाठकले उद्धारका लागि मोटर बोट संचालनमा ल्याउनु सुखद रहेको बताए ।
Related