• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मलेसियाबाट फर्किएका र रोजगरीमै रहेका नेपाली युवाको संयुक्त लगानीमा बस चल्ने

"मात्री भूमी प्रतिको माया र दायित्व बोध गर्दे युवा "
  •      /३० पुष २०७५, सोमबार १०:१५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

     

    काठमाडौं : वैदशिक रोजगारी गरी मलेसियाबाट फर्किएका र मलेसियामै रहेर रोजगरी गरिरहेकाहरुको संयुक्त लगानीमा काठमाडौंमा सार्वजनिक यातायात कम्पनी खुल्ने भएको छ ।

    मलेसिया रिटर्नी समाज गठन गरेका युवाले कम्पनी नै खोलेर सामूहिक लगानीमा यातायात व्यवसाय गर्ने निधो गरेका हुन् / युवाहरुले मलेसियबाट फर्किएका र मलेसियामा रहेका कामदारको परिवारले कम्पनीमा सेयर राख्न पाउने गरी व्यवसायिक योजना बनाएका छन् ।

    यो लगानीबाट आएकोप्रतिफल पनि सामूहिक रुपमा वितरण गर्ने र युवाहरुलाई देशभित्रै बसेर उद्योग–व्यवसाय गर्न उत्प्रेरित गर्ने योजना बनाइएको छ ।

    समाजका सदस्य विनोद बस्नेतका अनुसार पहिलो चरणमा रिंगरोडमा ३ वटा सञ्चालन गर्न लागिएको छ । ३ वटा ३२ सिटे बसहरु किनेर सेवाको सुरुआत गर्ने योजनसहित लगानी जुटाउन थालिएको छ ।

    नेपालमा विदेशबाट फर्किएका युवा संस्थामार्फत संगठित भएर ठूलो स्केलमा लगानी जुटाउन खोजेको यो नै पहिलोपटक हो । यसअघि कोरियाबाट फर्किएका केही युवाले पनि यस्तो प्रयास गरेका थिए ।

    तर, मलेसिया रिटर्नी समाजले अरु सदस्य पनि थप्ने गरी अम मलेसियामा रहेका नेपालीको परिवार र त्यहाँबाट फर्किएका कामदारलाई लगानीका क्षेत्रमा समेट्न खोजेको छ ।

    ‘हामीले विदेशमा केही पैस, सीप र अनुभव कमाएका छौं । त्यसलाई यहाँ उपयोगद गरौं भन्ने योजना हो,’ बस्नेत भन्छन्,‘सरकारको उचित सहयोग भए अझ धेरै गर्न सकिन्छ होला ।’ यो संस्थाका पहलमा हालै काठमाडौंमा मलेसियाबाट फर्किएका युवाले नयाँ रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् ।

    सिंहदरबारको पूर्वी गेटमा सञ्चालनमा आएको सहयात्रा रेस्टुरेन्टपछि युवाहरु सार्वजनिक यातायातको व्यवसायमा संलग्न हुन खोजेका हुन् ।‘कति विदेश मात्रै जानु भनेर सामूहिक रुपमा लगानी जुटाएर काम थाल्दैछौं,’ बस्नेतले भने,‘यसले सबैलाई उचित प्रतिफल दिन्छ र देशलाई पनि फाइदा हुन्छ भन्ने हाम्रो विश्वास हो ।’

    पछिल्लो सयममा मलेसियाको रोजगारी बन्द छ । मलेसियामा रोजगारी बन्द भएपछि कतिपय युवा त्यहाँ जान छट्पपटाइरहेका छन् । तर, त्यहाँबाटै फर्किएका युवा भने देशभभित्रै केही गर्ने भनेर तम्सिएका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.