शुभेच्छा न्यूज संम्वाददाता
तनहुँ/ तनहुँको भानु नगरपालिकाको देउराली सामुदायिक वनमा मृत अवस्थामा चितुवा भेटिएको छ । भानुको २, ३ र ४ नम्बर वडा क्षेत्रमा आक्रमण गरी तीन जना बालबालिकाको ज्यान लिने चितुवानै मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय तनहुँका डिभिजन वन अधिकृत केदार बरालले बताए ।
चितुवाको गतिवधि नियाल्नका लागि प्रयोग गरिएको फोटो ट्रयापमा कैद भएको तस्विर र मृत अवस्थामा भेटिएको चितुवाको रङ्ग, आकार, शारिरीक बनावोट हेर्दा एकै प्रकारको भेटिएको हुँदा सोही चितुवा भएको डिभिजन वन अधिकृत बरालको दाबी छ ।
जंगलमा मृत अवस्थामा भेटिएको चितुवाको शव परीक्षण भेटेरिनरी तथा पशु विज्ञ केन्द्र तनहुँमा गरी मृत्युको कारण पत्ता लगाइने उनले बताए ।
चितुवा घरघरमै आई मानिसहरुलाई आक्रमण गरी ज्यानै लिन थाले पछि स्थानीय बासिन्दा त्रसित र आतंकित बन्दै जानुका साथै वन्यजन्तु चितुवा र मानिस बीच द्वन्द्व चर्किदै गएको थियो । चितुवा बिहान, साँझ रातको समयमा घरघरमै आई मानिसहरुलाई आक्रण गर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै आतंकित भएका थिए ।
करिब १० महिनाको अबधिमा चितुवाले आक्रमण गर्दा यी वडा क्षेत्रमा तीन जना बालबालिकाले ज्यान गुमाई सकेका थिए भने एक जना बालिका घाइते भएकी थिइन् । यसरी तीन जनाको ज्यानै लिएको थियो ।
चितुवाको आतंक बढेपछि डिभिजन वन कार्यालयले विभिन्न प्रविधिको प्रयोग गरेको थियो भने सुरक्षा निकाय समेत परिचालित थिए । स्थानीय बासिन्दा समेत घरेलु हातहतियार सहित चितुवा नियन्त्रणका लागि जंगल पसे पनि सफलता मिलेको थिएन् ।

Related