"आन्दोलनको नाममा स्वास्थ्य कमजोर पार्दै डाक्टर केसी "
/३० पुष २०७५, सोमबार ०४:११ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
इलाम- छ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगिएको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा पुष २५ गतेदेखि उनले १६ औं अनस सुरु गरेका थिए ।
मुटुको गति अनियमित भएर स्वास्थ्यमा खतरा उत्पन्न भएपछि अनसनरत केसीलाई इलाम अस्पताल सार्न लागिएको हो । उनलाई रुघाखोकी लागेको, छाती दुख्ने, रगतमा ग्लुकोजको मात्रा घटेको, मुटुको चाल लगायतमा समस्या आएको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सक रामकृष्ण आचार्यका अनुसार डा.केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु धड्किने, बेला–बेला रोकिने भएको छ । आइतबार साँझ नै अस्पतला लान खोजिए पनि डा केसी अस्पताल जान नमानेका थिएनन् । आज समस्या अझै बढेपछि उनी अस्पताल जान तयार भएका हुन् ।
डा.केसीलाई निमोनियाको आशंका पनि गरिएको छ। जुम्लामा २७ दिनसम्म १५औं सत्याग्रहमा बसेका डा.केसीलाई काठमाडौं ल्याइएपछि गत साउन १० मा राष्ट्रिय चिकित्सा शिक्षा ऐनमार्फत् माग पूरा गर्नेगरी २२ बुँदामा सहमति भएपछि अनसन तोडेका थिए ।
तर, गत २५ गते संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफ्ना माग पालना नभएको भन्दै डा.केसीले २५ गते साँझदेखि नै अनसन सुरु गरेका थिए ।

Related