सरकार विरुद्ध सडकमा उत्रिन तयार रहन नेता कार्यकर्तालाई –देउवाको आग्रह
"जनताले नबुझ्ने नेता नीतिमा जे बोलेपनि हुने "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा ।नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विरुद्ध आन्दोलनको तयारी थाल्न आह्वान गरेका छन् ।सरकारका गतिविधिले प्रजातन्त्र कमजोर भएको भन्दै उनले प्रजातन्त्रका लागि ओलि सरकारका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।
पोखरामा नेपाल निजामति कर्मचारी यूनियन संघको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले सरकारले विभिन्न नाममा कर्मचारीमाथी हस्तक्षेप बढाएको आरोप लगाए । कर्मचारीतन्त्र स्वतन्त्र हुनुपर्ने भन्दै उनले कर्मचारीमाथीको हस्तक्षेप नरोके सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिए ।
‘ओलि सरकारले शिक्षा विधेयकको नाममा, कर्मचारी समायोजनमा पनि हस्तक्षेप गरेर नियन्त्रण गर्न खोजेको छ । राजनीतिकरण गर्न खोजेको छ, उनले भने–यही हस्तक्षेप रहिरह्यो भने सरकार विरुद्ध सडकमा जानुपर्ने स्थिति आउछ । तर त्यो अवस्था नआओस् भन्ने हाम्रो चाहाना छ ।’
जिपी कोइराला श्वास प्रश्वास केन्द्रको नाम हटाउन लागेको भन्दै उनले सरकारले अराजनीतिक गतिविधि देखाएको गुनासो गरे । ‘गिरिजाप्रसाद कोइराला, सुशिल कोइरालाको नाम सँगपनि सरकारलाई एलर्जी छ । हाम्रा महान नेताहरुको नाम पनि राख्न चाहाँदैनन्, उनले भने–आज नेताको नाम हटाउने र भोलि प्रजातन्त्र हटाउने षड्यन्त्र भैरहेको छ । काँग्रेसलाई यो सैह्य छैन ।’
नेपाल तरुण दलले प्रत्येक प्रदेशमा आन्दोलनको घोषणा गरिसकेकोले त्यसमा सघाउन देउवाले आग्रह गरे ।कार्यक्रममा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारले बिकास भत्तकाउने र इतिहास मासने काम गर्न थालेको आरोप लगाए । उनले लोकतन्त्र जोगाउन काग्रेसले सदन देखि सडक सम्म आन्दोलन गर्ने चेतावनी दिए ।
नेता पौडेलले स्थिर सरकार भए पनि शान्ति सुरक्षा, सुशासन र विकासमा असफल भइसकेको बताए । उनले सरकारले संवैधानिक निकाय लगायत सबै क्षेत्रमा सरकारले हस्तक्षेप गर्न थालेको बताए ।
Related