• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरेली दर्शकको नाटक मोह बढ्दै,दर्शकको संख्या उच्च

"पोखरेलीमा नाट्य महो किन बढ्यो "
  •      /५ माघ २०७५, शनिबार १५:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । पोखरामा मञ्चन भइरहेको नाटक निरमाया एकै दिन तीन सो मञ्चन भएको छ । नाटक हेर्ने दर्शकको संख्या बढ्दा शनिबार तीनवटा सो मञ्चन गर्नु परेको पोखरा थिएटरले जनाएको छ । शनिबार विहान १० बजे, दिउँसो १ बजेर र साँझ पौने पाँच बजे नाटक मञ्चन गरिएको थियो ।

    शनिबार चलचित्र रणवीरको प्रमोसनका लागि पोखरा आएका निर्माता तथा कलाकार समेत पोखरा थिएटर पुगेका थिए । नाटक हेरेपछि प्रतिक्रिया दिदै चलचित्र रणवीरकी नायिका सुपुष्पा भट्टले नाटक राम्रो रहेको टिप्पणी गर्नुभयो ।

    नाटक हेर्नका लागि भनेर पोखरा बाहिरबाट समेत दर्शकहरु आउन थालेको पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तन कार्कीले जानकारी दिनुभयो । नाटक हेरिसकेका दर्शकको सन्तुष्टिको कारण भएको प्रचारप्रसारका कारण नयाँ पुस्तालाई समेत थिएटरले आर्कषण गरिरहेको कलाकार प्रकाश घिमिरे भनाई छ ।

    पौष २७ गतेबाट मञ्चन शुरु भएको नाटक माघ १२ गतेसम्म मञ्चन हुनेछ । एक घण्टा ४० मिनेट अवधिको नाटकले नाटक हेर्न पुगेका दर्शकको मन जितिरहेको छ । यो नाटक वरिष्ठ साहित्यकार सरुभत्त श्रेष्ठले झण्डै ३० वर्ष अगाडी लेखेका हुन् ।

    गरिब, शोषित, दलित, यौन पिडित समाजको नाङ्गो यर्थाथलाई अभिव्यक्त गर्ने अभिप्राय बोकेको नाटक निरमायाले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिन्छ । नाटकममा समावेश गरिएको लाइभ बाजा र रत्यौलीले दर्शकसँगै कलाकारलाई जोश्याउँदछ ।

    नाटकका निर्देशक परिवर्तन कार्कीले यस अघि नाटक बितेका कुरा निर्देशन गरी नाटक निर्देशनमा डेब्यु गरेका थिए यो नाटकमा आफु खारिएको दर्शकलाई विश्वास दिलाउन सफल भएका छन् ।

    नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेश बाबु तिम्सीना, निश्चल विमल, सुर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्द रमण पराजुली, सन्दिप पाण्डे, इश्वर कार्की, सोनिया कार्की, प्रतिक घिमिरे, मनिषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिना आदी कलाकारको अभिनय हेर्न पाइन्छ ।

    पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भएको भने यो पाँचौ नाटक हो । नाटक हेर्न २ सय, ३ सय र ५ सयको टिकट लाग्ने पोखरा थिएटरका सञ्चालक दिलप्रसाद गुरुङले जनाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.