• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका बिभिन्न ठाउँमा चोरी गर्दै हिड्ने गिरोह पक्राउ

"पेशेवर चोरहरु प्रहरी फन्दामा "
  •      /६ माघ २०७५, आईतवार १५:३१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा /पोखराका बिभिन्न स्थानमा चोरी गर्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई चोरीका सामान सहित पक्राउ गरिएको कास्कीका प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक रविन्द्र मान गुरुङले जानकारी दिए।

    पोखराको पृथ्बीचोकमा शंकास्पद अवस्थामा हिंडिरहेको अवस्थामा गत शुक्रबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले चितवन जिल्ला राप्ती नगरपालिका वडा नं ११ घर भइ हाल पोखरा १५ घलेचोक बस्ने बर्ष १९ का सुनिल श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठलाई सोधपुछ गर्दा उनले आफ्ना अन्य दुई जना सहयोगीको साथमा पोखराका बिभिन्न स्थानका ६ वटा घरमा चोरी गरेको प्रहरी समक्ष बताएका थिए ।

    प्रहरीले चोरीमा संग्लन अन्य दुइजनाको खोजी गर्नेक्रममा बाग्लुङ जिल्ला घर भइ हाल पोखरा हेम्जा -२५ बस्ने बर्ष २७ का खुम प्रसाद थापालाई पोखराको पर्स्याङबाट र पोखरा महानगर वडा नं ९ पृथ्बीचोक बस्ने बर्ष २३ का गगन खवासलाई पृथ्बीचोक बाट नै पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका उनीहरु माथि अनुसन्धान गर्दै जाँदा निजहरुको कोठाबाट नगद रु बिस हजार छ सय दश , भारतीय रुपैया तीस, कतारियन दिनार १५० लगायत निम्न सामानहरु वरामद भएका छन् ।

    वरामद भएका जिन्सी सामानहरु –

     विभिन्न कम्पनिको मोबाईल थान ४ थान
     घडी थान २ ,
     सामसुङ क्यामारा थान १
     सामसुङ SD कार्ड थान १,
     सुनौलो रङको १७ टुक्रा ६९ लाल,
     सुनौलो कानमा लगाउने टप थान २,
     सुनौलो रंगको मुन्द्रा २ थान ७ लाल,
     कम्व्याट९खैरो० रंगको झोला थान १,
     सेतो डोरी भएको कालो झोला थान १,
     १७ ईन्च लामो खुकुरी ९दाब समेत० थान १,
     १४।५ ईन्च लामो खुकुरी थान १, १३ ईन्च लामो चक्कु थान १,
     ९ ईन्च लामो फलामको छिनो थान १, १०।५ ईन्च लामो फलामको ह्यामर थान १
     सेतो रंगको पाउजु थान ६,
     बच्चाले हातमा लगाउने सेतो रंगको बाला थान १३,
     ठुलो सेतो रंगको बाला थान २,
     सेतो रंगको औठी थान १,
     सेतो रंगको सिक्री थान १,
     सेतो रंगको ब्रासलेट थान १,

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.