• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महोत्सवमा आयोजित प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधी जित्यो स्याङजाले

  •      /७ माघ २०७५, सोमबार १५:०३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा /पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधी लोकदोहोरी प्रतिष्ठान स्याङजाले हात पारेको छ ।

    उपाधी संगै स्याङजाले नगद ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा लोकदोहरी प्रतिष्ठान गण्डकी प्रदेशले दोश्रो स्थान सहित नगद २५ हजार सहित प्रमाण पत्र प्राप्त गर्र्न सफल भयोभने लोकदोहोरी प्रतिष्ठान गोर्खाले द्धितिय हुदै नगद १५ हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कास्कीले शान्तवना स्थान हासिल गर्दै नगद ८ हजार र प्रमाण पत्र प्राप्त गर्न सफल भयो ।

    दोहोरी प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन फोर्स अटोमोवाइल, क्याप्नेट फत्त बहादुर गुरुङ, मेजर हितमान गुरुङ र भरत केसीले गरेका थिए । दोश्रो पुरस्कार पोखरा कान्तिपुर पार्टी प्यालेस बुद्धचोकका संचालक लिला बहादुर जिसीले गरेका थिएभने तृतीय पुरस्कारको प्रायोजन इन्द्रेणी क्याफे पोखरा ट्रेड मलका सञ्चालक सुमित खड्काले गरेका थिए ।

    शान्तवना पुरस्कारको ब्यवस्था लेखनाथमा सञ्चालनमा आउन लागेको पिपलडाली दोहोरी सांझका सञ्चालक श्री प्रसाद गुरुङले गरेका थिए । फाइनल प्रतिष्पर्धामा प्रतियोगीहरुले विभिन्न विद्यामा लोकदोहोरी गीत प्रस्तुत गरेका थिए भने प्रतियोगितामा लोक दोहोरी गायकहरु चन्द्रा शर्मा, तारापति सुवेदी, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना र प्रेमराज अधिकारीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

    अमरसिंह चौरमा जारी पोखरा महोत्सवको एघारौ दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुत र प्रीति आलेको ब्याटल दोहोरीले महोत्सवमा उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन लिएका थिएभने सपुतको बोल माया र आलेको बामरी बोलको गीत मार्फत समेत दर्शकले मनोरन्जन लिएका थिए ।

    महोत्सवको अन्तिम दिन मंगलवार लोकदोहोरी तर्फ शंकर बिरही गुरुङ, शिवहरी ढुंगाना, परशुराम अधिकारी, ज्ञानेश्वर सुवेदी, दिलु लामा, दिल कुमारी मोक्तान, पुजा गुरुङ, टेक क्षेत्री, लक्ष्मी नेपाली लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्ड तर्फ स्थानिय आयाम ब्याण्ड र सुशान्त केसीको प्रस्तुती रहने महोत्सव सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

    महोत्सवमा राखिएको शर्प संरक्षण सम्बन्धी जानकारी लिने र महोत्सव स्थलबाटै पोखराको लेखनाथमा निर्माणाधिन चिडियाखाना पोखरा जुलोजिक पार्क हेर्न जानेको समेत उल्लेख्य भीड लागेको महोत्सव सचिवालय संयोजक लोक बहादुर थापाले वताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.