शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। पोखरा रोयल सहकारी संस्थाले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । सहकारीको कार्यालय बुद्धचोक पोखरासँगै सञ्चालनमा आएको एटिएम सेवाको सोमबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे ।
उक्त अवसरमा बोल्दै थापाले सहकारीहरु पछिल्लो समय आधुनिक बन्ने क्रम बढेको बताए । ‘सहकारीहरु समयसापेक्ष परिवर्तन हुँदै अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘वित्तीय कारोबार गर्ने संस्थाहरुका लागि एटिएम अपरिहार्य तथा अति आवश्यक छ ।’ एटिएमले सहकारीलाई प्रविधिमैत्री बनाउनसमेत सहयोग पुग्ने उनले बताए ।
सेयर सदस्यहरुको हितलाई ख्याल गर्दै र सहकारीलाई आधुनिक तथा प्रविधिमैत्री बनाउने क्रममा एटिएम सेवा सञ्चालनमा ल्याइएको सहकारीका सचिव भीम गुरुङले जानकारी दिए । ‘लामो समयको प्रयासपछि हामीले एटिएम सेवा सञ्चालन गर्न सक्षम भएका छौं,’ उनले भने ।
एटिएमको स्थापनासँगै सहकारीले आफ्ना सेयर सदस्यहरुलाई एससिटी कार्ड वितरण सुरु गरेको मुख्य प्रवन्धक मीलन ढकालले जानकारी दिए ।

Related