• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१२ औं हिसान स्पोर्ट्स मिटको उपाधी न्यू ग्यालेक्सीले चुम्यो

  •      /७ माघ २०७५, सोमबार ०४:५१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । उच्च माबीहरुको छाता संस्था हिसान कास्की द्वारा आयोजित १२ औं हिसान स्पोर्ट्स मिटको उपाधी न्यू ग्यालेक्सी माबीले उचालेको छ । उपाधी उचाले संगै न्यू ग्यालेक्सीले उपाधीको रक्षा गरेको छ ।न्यू ग्यालेक्सीले छात्र–छात्रा बास्केटबल प्रथम र छात्रा भलिबलमा दोश्रो हुँदै कुल १९ अंक बटुलेर उपाधी हासिल गरेको हो ।

    यसै गरि सम्पन्न छात्रा बास्केटबलमा माउन्ट अन्नपूर्ण माबी दोश्रो र सगरमाथा माबीले तेश्रो स्थान हात पारेका छन । यसै गरि छात्र बास्केटबलमा पोखरा सेकेण्डरी स्कूल दोश्रो र माउन्ट अन्नपूर्ण माबी तेश्रो भए ।

    छात्रा भलिबलमा करुणानिधी एजुकेशन फाउण्डेश प्रथम र कास्की मोर्डनाइज्ड माबीले तेश्रो स्थान प्राप्त गरे । छात्र भलिवलमा स्पाइरल ग्यालेक्सीले र मेरी गोल्ड माबीलाई फाइनलमा पराजित गर्दै प्रथम भएको छ भने संघर्षपूर्ण खेलमा मेरी गोल्डले दोश्रो स्थान हात पारेको छ

    यता टेबुल टेनिस तर्फ समान ६ अंकका साथ पोखरा सेकेण्डरी स्कुल र वेलनन एकेडेमी प्रथम भएका छन । यसै गरि सगरमाथा माबीले दोश्रो र समान ३ अंकका साथ प्रतिभा माबी र स्टेप बाइ स्टेपले तेश्रो स्थान हात पारे ।

    यहि माघ ३ गते बा संचालन भएको १२ औं स्पोर्ट्स मिटमा छात्र बास्केटबलमा न्यू ग्यालेक्सीका सागर बिक उत्कृष्ट खेलाडी घोषित भए भने पोखरा सेकेण्डरीका गोपाल पूनले सर्वाधिक स्कोरर घोषित भए । छात्रा बास्केटबलमा माउन्ट अन्नपूर्णकी कबिता पुन उत्कृष्ट खेलाडी घोषित भइन भने न्यू ग्यालेक्सीकी सिमा पुन सर्वाधिक स्कोरर घोषित भइन ।

    यसै गरि छात्र भलिबलमा स्पाइरल ग्यालेक्सीका बिनोद किशान उत्कृष्ट खेलाडी तथा उत्कृष्ट स्पाइकर मेरिगोल्डका सुमन गुरुङ घोषित भए । छात्रा भलिबलमा केफकी कल्पना छन्त्याल उत्कृष्ट खेलाडी तथा न्यू ग्यालेक्सीकी अनिता पून उत्कृष्ट स्पाइकर भइन ।

    विजेता स्कूल तथा विद्याथीहरुलाई गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नर देवी पून, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, केन्द्रिय सल्लाहकार सूर्य जिशी, जिल्ला हिसान सल्लहाकार रमाकान्त बराल, यूनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङ, हिसान उपाध्यक्ष याम रोक्का, केन्द्रिय उपाध्यक्ष शेर वहादुर गुरुङ, हिसान कास्कीका सचिब दिवाकर जैशी लगाएतले पुरुस्कार वितरण गरेका थिए ।

    सो अवसरमा मन्त्रि पूनले हिसानको यो कार्यक्रमले खेलकुद बिकासमा अहम भूमिका खेलेको भन्दै प्रशंसा गरिन । उनले खेलको माध्यम बाट समेत पहिलो प्रदेश बनाउन सरकार प्रतिवद्ध रहेको समेत बताइन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.