पोखरा सहित देशभर चिसो बढ्यो, वर्षा र हिमपात हुने मौसम विभागको अनुमान
/८ माघ २०७५, मंगलवार ०५:५८ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा /पोखरा लगायत देशका विभिन्न भूभागमा पुनः चिसो बढेको छ । मंगलबार पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागमा सामान्य बदली रहने मौसमविद्को भनाई छ । साथै पश्चिमी र मध्य क्षेत्रका उच्च पहाडी भूभागका अधिकांश स्थानहरु र पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार बिहान पोखराको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री मापन भएको छ भने धनगढीमा १४ र नेपालगञ्जमा १४.६ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको महाशाखाले जनाएको छ । सबैभन्दा कम डडेल्धुरामा ०.१ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको छ ।
बुधवार दिउँसो देशभर सामान्यतया बदली हुनेछ । पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको संभावना छ । देशको हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना संभावना देखिएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

Related