• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सामुदायीक विद्यालयको गुणस्तरमा सुधार गर्न उपप्रमुख गुरुङको आग्रह

"उपप्रमुखद्धारा १ लाखको अध्क्षय कोष स्थापना "
  •      /८ माघ २०७५, मंगलवार १४:१६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ।पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले सामुदायीक विद्यालयको गुणस्तरमा सुधार गर्नुपर्ने खाँचो औल्याएकी छन् । जनप्रिय माध्यमिक विद्यालयको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गदै उपप्रमुख गुरुङले सामुदायीक विद्यालयको शिक्षा गुणस्तरीय हुनुपर्नेमा जोड दिइन् ।

    संस्थागत विद्यालयमा ८५ हजार ७ सय २० जना विद्यार्थी अध्ययनरत रहेको र सामुदायिक विद्यालयमा ४१ ह्जार ७ सय विद्यार्थी अध्ययनरत रहेको बताउदै सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय ब्यवस्थापन समितिहरुवीचको सम्वन्ध प्रगाढ बनाउदै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि भुमिका खेल्नुपर्ने उनले बताइन् ।

    व्यवहारीक, प्राविधिक र जीवन उपयोगी शिक्षालाई प्राथमिकता दिनु पर्ने गुरुङको भनाइ छ। ‘अव परम्पराबादी शिक्षा भन्दा जीवन उपयोगी, व्यवहारीक र प्राविधिक शिक्षामा जोड दिनुपर्छ ।’

    उपप्रमुख गुरुङले महानगरको शिक्षा नीति र कार्यक्रम कस्तो हुने भन्ने बारेमा छलफल सुरु गरेको बताउदै महानगरका लागि कस्तो शिक्षा नीति बनाउने भन्ने बारेमा शिक्षा परिषद् गठन भएर विज्ञहरुसंग सुझाव संकलन गर्ने काम सुरु भएको बताइन् ।

    उपप्रमुखद्धारा १ लाखको अध्क्षय कोष स्थापना

    उपप्रमुख गुरुङले आफना स्वर्गीय बाबु ओम प्रसाद गुरुङको स्मृतिमा विद्यालयमा १ लाख रुपैयाँको अक्षकोर्ष स्थापना गर्ने घोषणा समेत गरिन् । उनले बिगतको आफ्नो बास्तििवक भोगाइको स्मरण गर्दे भनिन्,‘ यो अध्यक्ष कोषबाट एकल महिलाका छोराछोरीलाई छात्रबृत्रि प्रदान गर्नेछु ।’ मेरो आमा एकल महिला भएर पनि ठूलो संघर्ष गरेर मलाई हुकाउर्नुभयो, पढाउनुभयो उनले भनिन, ‘त्यसैले एकल महिलाका सन्तानले प्राप्त गर्ने छात्रबृत्तिले केही सहयोग पुग्ने अपेक्षा गरेकी छु ।’ त्यस्तै उनले विद्यालयलाई १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरिन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.